कारसँग स्कुटर ठोक्किँदा एकजनाको मृत्यु

नेपालभ्युज

कारसँग स्कुटर ठोक्किँदा एकजनाको मृत्यु
प्रतिकात्मक स्केच

भक्तपुर । भक्तपुरमा कारसँग स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । सोमबार दिउँसो सवा ३ बजे सूर्यविनायक नगरपालिका–५ सृजना नगरमा दुर्घटना भएको हो ।

जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश नम्बर ०१.०३० चं. ०९९५ नं. को कारलाई सोही दिशाबाट जाँदै गरेको बा. ७३ प. २८३६ नं. को स्कुटरले ठक्कर दिएको हो ।

स्कुटरमा सवार चालक गम्भीर घाइते भई तत्कालै उपचारको लागि मध्यपुरठिमी अस्पताल लगिएकोमा  उनको उपचारका क्रममा मृत्यु भएको भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

मृत्यु हुनेमा रामेछाप लिखुतामाकोशी गाउँपालिका–४ घर भई हाल माइतिघर बस्ने २३ वर्षीय सुजन तामाङ छन् ।

स्कुटरमा पछाडि बसेका २३ वर्षीय राज तामाङको मध्यपुरठिमी अस्पतालमा उपचार भइरहेको छ । कार चालक सुनसरी धरान उप–महानगरपालिका –१३ घर भई हाल कलंकी बस्ने वर्ष ३१ को आशिष श्रेष्ठ प्रहरीको नियन्त्रणमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved