दिपा मेवाहाङको ‘थोपा थोपामा’ गीत सार्वजनिक

नेपालभ्युज

दिपा मेवाहाङको ‘थोपा थोपामा’ गीत सार्वजनिक

काठमाडौं । कवि दिपा मेवाहाङको गीत ‘थोपा थोपामा’ सार्वजनिक भएको छ । गीतको लिरिकल भिडिओ शुक्रबार ‘दिपा राई अफिसियल’बाट सार्वजनिक भएको हो ।

गीतमा दिपाको शब्दलाई कल्याण सिंहले सङ्गीतबद्ध गरेका छन् भने मेलिना राईले गाएकी छन् । डी स्टूडिओमा रेकर्ड भएको गीतलाई दिनेश श्रेष्ठले एरेञ्ज गरेका छन् ।

लिरिकल भिडिओमा ज्वाला राईले काम गरेका छन् ।

यसअघि दिपाका ‘तिमीसँगै गए’, ‘तिमी बाँच’, ‘हाँसी-हाँसी’, ‘हिँड्दा-हिँड्दै’लगायतका गीत सार्वजनिक भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved