संगीत दिवसमा थारू कलाकारको मौलिकता झल्किने प्रस्तुति

नेपालभ्युज

संगीत दिवसमा थारू कलाकारको मौलिकता झल्किने प्रस्तुति

काठमाडौं । विश्व संगीत दिवसको अवसरमा काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय थारू कलाकारहरूले मौलिक गीतसहित ‘धमाकेदार’ प्रस्तुति दिएका छन् ।

राष्ट्रिय थारू कलाकार मञ्चले आइतबार आयोजना गरेको वृहत्त राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रममा उनीहरूले आ–आफ्नो ठाउँ विशेषका प्रस्तुतिहरू दिएका हुन् ।

कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीले पहिचानका लागि आफूले सांस्कृतिक क्रान्ति गर्दाको अनुभव सुनाएका थिए ।

कार्यक्रममा देशभरका थारू कलाकारहरूले आफ्नो भाषा, संस्कृति र परम्परागत संस्कृति झल्काउने प्रस्तुतिहरू दिएको राष्ट्रिय थारू कलाकार संघका महासचिव विजय चौधरीले बताए ।

उनका अनुसार वीर चौधरी, ममता चौधरी, विवेक चौधरी, खेम चौधरी, मनोज महतो, सुनिल चौधरी, आर्या चौधरी, नन्दुराज चौधरी, शिव चौधरीको ग्रुप डान्स, सोमति थारूलगायत देशभरका राष्ट्रिय कलाकारहरूले आ–आफ्नो क्षेत्रमा बोलिने ठाउँमा बोलिने थारू भाषाका मौलिक संस्कृति झल्किने प्रस्तुति दिएका थिए ।

कार्यक्रममा चारजना अग्रज स्रष्टाहरूलाई सम्मान गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved