सशस्त्रको गोदाममा आगलागी घटना शंकास्पद, करोडौंको सामग्री राखिएको ठाउँमा किन थिएन सीसी क्यामेरा ?

नेपालभ्युज

सशस्त्रको गोदाममा आगलागी घटना शंकास्पद, करोडौंको सामग्री राखिएको ठाउँमा किन थिएन सीसी क्यामेरा ?

काठमाडौं । एक महिनाअघि सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकको गोदाममा भएको आगलागीबारे छानबिन समितिले सुरक्षा लापरबाही भएको निष्कर्ष निकालेको छ । गृह मन्त्रालयमा बुझाइएको प्रतिवेदनमा गोदाममा सुरक्षा लापरबाही भएको निष्कर्ष छ ।

सशस्त्र प्रहरीको गोदाममा २६ चैतको मा आगलागी भएको थियो । आगजनीमा चुस्ता, बुट, म्याट, झुल, मण्डी, तन्ना, स्लिपिङ ब्यागलगायत बन्दोबस्तीका सामानहरू जलेर नष्ट भएका थिए ।

सहसचिव भरतमणि पाण्डे नेतृत्वको छानबिन समिति बनाइएको थियो । सो समितिले २ दिनअघि प्रतिवेदन बुझाएको छ । समितिले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई छानबिन प्रतिवेदन बुझाएको मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बताए ।

कम्तीमा ३७ हजार बुट, ३७ हजार स्पोर्ट सुज जलेर नष्ट भएको बताइएको छ । यसलाई ‘पर्याप्त सुरक्षा संवेदनशीलता नअपनाउनु’को परिणाम भनिएको छ ।

सशस्त्र प्रहरीको गोदाममा भीषण आगलागी (भिडिओ)

गोदामको व्यवस्थापन नंं ९ पशुपति बाहिनीले गर्दैआएको थियो । सुरक्षाका लागि डेडिकेटेड जनशक्ति राखेको थिएन । सशस्त्र प्रहरीले आगलागी भएलगत्तै बाहिनीका एसपी अर्जुन खत्रीसहित ११ जनालाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालय तानेर छानबिन गरेको छ ।

३७ हजार बुट राखिएको ठाउँमा एउटा सीसी क्यामरा समेत राखेको नपाइएकोले घटना शंकास्पद रहेको भन्दै कतिपयले टिप्पणी गरेका छन् । विगतमा सशस्त्र प्रहरी बलका चार जना पूर्वप्रमुखहरुबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको थियाे । त्यो बेला ३ पुस २०७४ मा सशस्त्र प्रहरीको गोदाममा आगलागी भएको थियो ।

आर्थिक कारोबारको केही महत्त्वपूर्ण कागजपत्र जलाउने उद्देश्यले मट्टितेल छर्केर आगो लगाएको देखिएको थियो । त्यो बेलामा सशस्त्रका हबल्दार रामकृष्ण श्रेष्ठ बर्खास्त भएका थिए । अहिलेको आगलागीलाई पनि शंकास्पद रुपमा हेरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved