नबिल बैंकबाट पैसा चोरी गरेको घटनामा शंकास्पद २ जना पक्राउ

नेपालभ्युज

नबिल बैंकबाट पैसा चोरी गरेको घटनामा शंकास्पद २ जना पक्राउ
सांकेतिक स्केच

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट पैसा चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलका अनुसार अनुसन्धान भइरहेकाले उनीहरुको विवरण प्रहरीले गोप्य राखेको छ ।

चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी छन् । सोमबार बिहानीपख ४ बजेतिर बैंकबाट एक करोड ३४ हजार ८०० रुपैयाँ चोरी भएको थियो ।

सय र बीस रुपैयाँका नोट चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको छ ।

चोरी भएको समयमा बैंकमा सुरक्षा गार्ड थिएनन् । सुरक्षा गार्ड नभएका कारण घटना थप शंकास्पद भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved