रवि लामिछानेको सम्पत्ति – ८० तोला सुन र दशौँ करोडको जग्गा तर, अधिकांश श्रीमतीको नाउँमा

८० तोला सुन जोडेको उनले पन्ध्रबीस तोला चाँदी देखाइएको छ । यस्तै जग्गा बुढानीलकण्ठ, भक्तपुरलगायतका क्षेत्रमा केही रोपनी जग्गा रहेको देखाइएको छ ।

नेपालभ्युज

रवि लामिछानेको सम्पत्ति – ८० तोला सुन र दशौँ करोडको जग्गा तर, अधिकांश श्रीमतीको नाउँमा

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग ८० तोला सुन र दशौँ करोडको जग्गा जमिन रहेको देखिएको छ । यी मध्ये अधिकांश सम्पत्ति पत्नीबाट आएको देखाइएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा १ करोड १२ लाख ४८ हजार बराबरको सुन रहेको देखाइएको हो ।

८० तोला सुन जोडेको उनले पन्ध्रबीस किलो चाँदी देखाइएको छ । चाँदीको मूल्य मात्रै साढे तीन करोड रुपैयाँ बराबर छ । यस्तै जग्गा बुढानीलकण्ठ, भक्तपुरलगायतका क्षेत्रमा केही रोपनी जग्गा रहेको देखाइएको छ ।

बुढानीलकण्ठमा तीन करोड पचहत्तर लाख रुपैयाँको जग्गा रहेको भनिएको छ । भक्तपुरमा ११ रोपनी जग्गा रहेको छ । जुन पत्नी निकिता पौडेल र आफ्नो नाममा भनिएको छ । ती जग्गा परिवारको नाउँमा सगोलमा रहेको भनिएको छ ।

पत्नीको नाममा गोपीकृष्ण कम्प्लेक्समा ८ करोड ७५ लाखको शेयर रहेको देखाइएको छ । जुन शेयर २५ प्रतिशत हो । ४२ लाखको गाडी भने पती पत्नी दुवैले मिलेर किनेको देखाइएको छ । नारी टीभी र गोपी कृष्ण मिडिया कम्पनीको मूल्य चार करोड भएको देखाइएको छ ।

पुरा सम्पत्ति विवरण –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved