काठमाडौं । प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।
जसअनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
जसअनुसार काभ्रेमा ८ रोपनी जग्गा छ । साथै, ११ तोला सुन, १०० तोला चाँदी, १ सेट हिरा, हिराको टप १ सेट चल सम्पत्ति छ ।
एनआईसी बैंकमा १ करोड १५ लाख नगद मौज्दात रहेको छ । एभरेष्ट बैंकमा ३७ लाख रकम छ ।
१ लाख ८९ हजार ७ सय अमेरिकी डलर र १ लाख ८० हजार पाउण्ड नगद मौज्दात रहेको छ । सबै गरेर उनको झण्डै सात करोड नगद मौज्दात रहेको छ । सो सम्पत्ति उनले उपहार र पारिश्रमिकबाट पाएको उल्लेख गरेकी छन् ।
साथै, एउटा स्कुटर र गाडी रहेको विवरणमा उल्लेख छ ।
Facebook Comment
Comment