चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विभिन्न आयोजनाहरूमा व्यापक अनियमितता गरेको भन्दै बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आरोपपत्रमा दाहालसहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुङ्गाका तत्कालीन इन्जिनियर नबिन श्रेष्ठ, तत्कालीन सवइन्जिनियर लोकबहादुर ठकुराठी, उपभोक्ता समितिका तत्कालीन अध्यक्ष लोक बहादुर थापा, सचिव पदम बहादुर कटवाल, कोषाध्यक्ष मिठुमाया गुरूङ खत्री, चम्पादेवी गाउँपालिका र वडा नं. ४ का तत्कालीन वडाअध्यक्ष कृष्ण बहादुर खत्रीलाई प्रतिवादी बनाइएको छ ।

उनीहरूले ९ लाख ४४ हजार १ सय ९५ रूपैयाँ अनियमितता गरेको आयोगले जनाएको छ । आयोगले बिगो र कैद माग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved