कञ्चनपुरमा ढुंगाले हानेर पूर्वशिक्षकको हत्या

नेपालभ्युज

कञ्चनपुरमा ढुंगाले हानेर पूर्वशिक्षकको हत्या

काठमाडौं । कञ्चनपुरमा एक पूर्व शिक्षकको हत्या भएको छ ।

बेलौरी नगरपालिका-६ को विद्यानगरका पूर्वशिक्षक ६४ वर्षीय लक्षी चन्दको बुधबार राति ढुंगा प्रहार गरेर हत्या भएको हो ।

हत्या अभियोगमा बेलौरीकै ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए ।

मादक पदार्थ सेवनका क्रममा विवाद भएपछि भण्डारीले ढुंगा प्रहार गरी चन्दको हत्या गरेको पाइएको छ ।

आक्रमणबाट चन्दको टाउकोमा गम्भीर चोट लागेको थियो । श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारका क्रममा चन्दको मृत्यु भएको हो ।

भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved