नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलायो, संयुक्त रणनीति बनाइने

नेपालभ्युज

नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलायो, संयुक्त रणनीति बनाइने

काठमाडौं । नेपाली कांग्रेसले विपक्षी दलहरुको संयुक्त बैठक बोलाएको छ । संसदमा जारी अवरोधपछि उत्पन्न परिस्थितीका बारेमा छलफल गर्न कांग्रेसले विपक्षीदलहरुलाई बोलाएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपा, जनमोर्चालगायतका नेताहरुलाई छलफलका लागि बोलाएका हुन् ।

प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुको संयुक्त रणनीति बनाउने उद्देश्यले संयुक्त बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेसको संसदीय दलको बैठक लगत्तै विपक्षी दलहरुको बैठक बस्नेछ । नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा कांग्रेसको संसदीय दलको बैठक बसीरहेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपा, जनमोर्चा लगायतका नेताहरुलाई बैठकमा बोलाएका हुन् । संसद बैठक बस्नुअघि विपक्षीदलहरुको संयुक्त बैठक बस्न लागेको हो । संसद बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved