टी-२० विश्वकप : सबैभन्दा धेरै विकेट लिने पाँच बलर

नेपालभ्युज

टी-२० विश्वकप : सबैभन्दा धेरै विकेट लिने पाँच बलर

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ वेस्ट इन्डिज र अमेरिकाको भूमिमा आयोजना हुँदैछ।

टी–२० विश्वकपको उपाधि जित्न कुल २० टोली आमनेसामने हुनेछन् । यस प्रतियोगितामा ब्याट्सम्यानले चौका र छक्का प्रहार गरेको देखिन्छ भने बलरहरूले पनि आफ्नो घातक बलिङले टीमलाई जित दिलाएका छन् ।

टी-२० विश्वकपको इतिहासमा अहिलेसम्म सबैभन्दा बढी विकेट लिने ती पाँच बलर को हुन् ? जानौं-

शकिब अल हसन

बंगलादेशका पूर्वकप्तान शकिब अल हसनले अहिलेसम्म ३६ टी–२० विश्वकप खेलमा सर्वाधिक ४७ विकेट लिएका छन् ।

शकिब सन् २००७ देखि टी–२० विश्वकप खेल्दै आएका छन् । उनले तीन पटक ४ विकेट लिने कीर्तिमान पनि हासिल गरेका छन् ।

शाहिद अफ्रिदी

पाकिस्तानका पूर्व खेलाडी शाहिद अफ्रिदीले टी–२० विश्वकपमा ३४ खेलमा ३९ विकेट लिएका छन् ।

लसिथ मालिंगा

श्रीलंकाका पूर्व योर्कर लसिथ मालिंगाले टी–२० विश्वकपमा ३१ खेलमा ३८ विकेट लिएका छन् ।

सईद अजमल

पाकिस्तानका पूर्व बलर सइद अजमलले टी–२० विश्वकपमा २३ खेलमा ३६ विकेट लिएका छन् ।

उमर गुल

पाकिस्तानका उमर गुलले टी–२० विश्वकपमा खेलेका २४ खेलमा ३५ विकेट लिएका छन् ।

भारतीय बलर रविचन्द्रन अश्विनले टी-२० विश्वकपमा भारतका लागि अहिलेसम्म २४ खेल खेलिसकेका छन् । यस अवधिमा उनले २४ इनिङ्समा १७.२५ को औसत र ६.४९ को इकोनोमीमा ३२ विकेट लिएका छन् ।

अश्विन टी-२० विश्वकप इतिहासमा सर्वाधिक विकेट लिने छैठौं बलर हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved