न्यायाधीशसँग सेटिङ गरेर जेलबाट छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक पक्राउ

नेपालभ्युज

न्यायाधीशसँग सेटिङ गरेर जेलबाट छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक पक्राउ

काठमाडौं । प्रहरीले न्यायाधीशसँग सेटिङ गरेर मुद्दा जिताइदिने र जेलबाट छुटाइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ का ३७ वर्षीय कृष्ण कार्कीलाई पक्राउ गरेको हो ।

भन्सार छलीको मुद्दामा कारागारमा रहेका लमजुङका बिलबहादुर गुरूङलाई छुटाइदिने भन्दै उनले ७ लाख रूपैयाँ लिएर ठगी गरेको आरोप छ ।

साथै, जग्गा सम्बन्धीको मुद्दा मिलाइदिन्छु भन्दै धादिङ घर भएका भरत गुरुङसँग पनि २३ लाख रुपैयाँ ठगी गरेको आरोप पनि छ ।

उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved