जनकपुरमा सहकारीका कर्मचारीबाट लुटियो ८० लाख

नेपालभ्युज

जनकपुरमा सहकारीका कर्मचारीबाट लुटियो ८० लाख
लुटिएका कर्मचारीहरू

जनकपुरधाम । हतियारधारीले जनकपुरधामबाट सहकारी संस्थाका कर्मचारीको साथबाट ८० लाख रूपैयाँ लुटेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१९, थुम्होनामा वीरेन्द्रकुमार महतो र रेखाकुमारी महतोको साथबाट ८० लाख रूपियाँ लुटिएको हो । उनीहरु रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी हुन् ।

सहकारी कर्मचारी महतोले जनकपुरस्थित हिमालयन बैङ्कबाट रकम झिकेर दुवैजना मोटरसाइकल चढेर रघुनाथपुरतर्फ गइरहेको अवस्थामा पिछा गर्दै मोटरसाइकलमा आएका तीन जनाले बन्दुक देखाएर सो रकम लुटेर फरार भएको बताए।

लुटेरा समूहले बन्दुक देखाएर कुटपिट गर्दै आफूसँग ब्यागमा भएको रकम लुटेर लगेको जानकारी दिए।

उनका अनुसार लुटेराहरूले प्रयोग गरेको मोटरसाइकल ब्लु कलरको अपाचे रहेको छ ।

मोटरसाइकलको नम्बर प्लेटबाट अगाडिको नम्बर मेटिएको भएपनि अन्तिमको ५३ नम्बर मात्र देखिएको सहकारी कर्मचारी महतोको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले घटना विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved