मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भान्जा दाबी गर्ने रविरत्न चुँडाल बलात्कार आरोपमा पक्राउ

नेपालभ्युज

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भान्जा दाबी गर्ने रविरत्न चुँडाल बलात्कार आरोपमा पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भाञ्जा दाबी गर्ने रविरत्न चुँडाललाई प्रहरीले  पक्राउ गरेको छ । ५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चुँडाललाई प्रहरीले काठमाडौँको सुकेधाराबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा बलात्कार कसुरमा जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले  बताए ।

युट्युबमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भाञ्जा दाबी गर्दै आएका  चुडाल जाहेरी दर्तापछि पनि लामो समयसम्म  पक्राउ परेका थिएनन् ।

उनले  सुकेधारामा पसल संचालन गर्दे आएका थिए ।  उनलाई बुधबार  पसलबाटै पक्राउ गरिएको हो ।

जाहेरी दिने  महिलाको भनाइ अनुसार २०७३ साल असार १८ गतेदेखि चुडाल उनको घरमा भाडा लिएर बस्दै आएका छन् ।

चुडाल यसअघि ड्रग्स र रक्तचन्दनको केसमा केही समय जेल पनि परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved