सन्दीपलाई भिसा नदिएपछि अमेरिकी दूतावासको फेसबुक पेजमा फ्यानको आक्रोश !

अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा जान भिसा लिन दूतावास पुगेका सन्दीपले भिसा नपाएपछि फेसबुकमार्फत जानकारी गराएका छन् । उनले फेसबुकमा बुधबार दिउँसो पोस्ट गरेलगतै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अमेरिकी दूतावासको फेसबुक तथा ट्विटर (एक्स) पेजमा व्यापक आलोचना गरिरहेका छन् ।

नेपालभ्युज

सन्दीपलाई भिसा नदिएपछि अमेरिकी दूतावासको फेसबुक पेजमा फ्यानको आक्रोश !

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएकोमा व्यापक आलोचना भएको छ ।

अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा जान भिसा लिन दूतावास पुगेका सन्दीपले भिसा नपाएपछि आलोचना भएको हो ।

उनले यस विषयमा फेसबुकमार्फत जानकारी गराएका थिए ।

अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा जान भिसा लिन दूतावास पुगेका सन्दीपले भिसा नपाएपछि फेसबुकमार्फत जानकारी गराएका छन् ।

उनले फेसबुकमा बुधबार दिउँसो पोस्ट गरेलगतै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अमेरिकी दूतावासको फेसबुक तथा ट्विटर (एक्स) पेजमा व्यापक आलोचना गरिरहेका छन् ।

दूतावासले सन्दीपको भिसा ५ वर्षअघि पनि रोकेको थियो ।

सन् २०१९ अगस्ट १३ (२०७८ साउन २८) मा अन्तर्वार्तामा बोलाएर फर्काइएको थियो । सन्दीपले त्यसबारेमा सामाजिक सञ्जालमा आलोचनात्मक पोस्ट गरेका थिए ।

सन्दीपले आलोचनात्मक ट्विट भाइरल भयो । धेरै प्रयोगकर्ताले अमेरिकी दूतावासको व्यापक आलोचना गरे । त्यसको केही घण्टापछि सन्दीपलाई दूतावासले आफैँ फोन बोलाएर भिसा दिएको थियो । त्यसपछि उनी खेल्न अमेरिका गएका थिए ।

यो पटक सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी–२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा एप्लाई गरेका थिए ।

जसलाई अमेरिकी दूतावासले अस्वीकृत गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । अहिले भने सन्दीपको मुद्दा अलि फरक छ ।

उनी बलात्कारको मुद्दामा पक्राउ परेका थिए । पछि धरौटीमा छुटेका थिए । हालसालकै उच्च अदालत पाटनबाट सफाइ पाएका छन् । तर, निर्दोष ठहर हुँदा समेत उनलाई अमेरिकाले भिसा दिएन ।

दूतावासको पेजमा फ्यानहरूको आक्रोश

सन्दीपलाई भिसा नदिएको भन्दै फ्यानहरूले दूतावासको चर्को आलोचना गरिरहेका छन् । अमेरिकी दूतावासले सार्वजनिक गरेको क्लर्क र क्यासियरको जागिरको विज्ञापनको सूचनामा पछिल्लो पोस्टमा धेरैजसो आक्रोश पोखिएका छन् । उनीहरूले व्यापक आलोचना गरेका कमेन्टहरू देखिन्छन् ।

कमेन्टहरूमा सन्दीपलाई भिसा दिन आग्रह गरिएको छ । ‘किन नदिएको भन्दै ’ आलोचनासमेत गरेका छन् । कतिपयले ‘गो ब्याक अमेरिका’ भन्दै आक्रोशपूर्ण अभिव्यक्ति दिइरहेका छन् ।

अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा

३५ मिनेटसम्म विज्ञापनमा १५ सय बढीको आक्रोशको रियाक्ट भएको छ भने हजार भन्दा धेरै कमेन्ट आएका छन् । पोस्टको एक घण्टामा तीनहजार जति कमेन्ट आएका छन् । ९९ प्रतिशत कमेन्ट आक्रोशपूर्ण छन् ।

आजै अमेरिकी दूतावासले कैलाश सिरोहिया पक्राउलाई सङ्केत गरेर पोस्ट गरेको थियो । दूतावासले पोस्ट गरेको ‘प्रेस स्वतन्त्रताबारे’को पोस्टमा पनि धेरैले आक्रोशित प्रतिक्रिया दिएका छन् । नेपालको आन्तरिक मामिलामा नबोल्न भन्दै आग्रहसहितको कमेन्ट छ ।

अदालतको निर्णय आउनुअघि नै सन्दीपले कीर्तिपुरमा नियमित प्रशिक्षण गरिरहेका थिए । सन्दीपले भिसा नपाएपछि नेपाल क्रिकेट संघ (क्यान)ले भने प्रधानमन्त्रीलाई अनुरोध गरेर परराष्ट्र मन्त्रालयमार्फत् भिसा दिलाउन पहल गरिने बताएका छन् ।
अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘‘अब एक पटक प्रधानमन्त्री ज्यूलाई पहल गर्नेछौँ । परराष्ट्रमन्त्रीलाई जानकारी भइसक्यो होला ।’’ उनका अनुसार अमेरिकाले भिसा अस्वीकृत हुनुको कारण खुलाएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved