काठमाडौं । रुसले युक्रेनमा भीषण हमला गरेको छ । युक्रेनी अधिकारीहरूका अनुसार रातभरि भारी रुसी आक्रमणपछि शुक्रबार बिहान कीभ धुवाँले ढाकिएको थियो ।
युक्रेनले भनेको छ, ‘अँध्यारो हुनेबित्तिकै डिफेन्स गन र ड्रोनको गड्यागुडुङ र ठूलो विस्फोटका आवाज सुनिन थाल्यो । रुसले रातभर ५५० ड्रोन र ११ वटा मिसाइल प्रहार गर्यो ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको फोन वार्ताको केही घण्टापछि युक्रेनमाथि आक्रमण भएको हो ।
कुराकानीपछि ट्रम्पले पुटिन युक्रेन विरुद्धको युद्ध अन्त्य गर्न तयार नभएकोमा आफू “निराश” भएको बताएका थिए । बिहीबार पुटिनसँगको वार्तापछि ट्रम्पले लडाइँ अन्त्य गर्ने दिशामा “कुनै प्रगति” नभएको बताए ।
युक्रेनी ड्रोन आक्रमणमा रुसमा एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
Facebook Comment
Comment