अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा

नेपालभ्युज

अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा

काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।

लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई भिसा दिन अस्वीकार गरेको जानकारी गराएका हुन् ।

सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा अप्लाई गरेका थिए ।

नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो।

उनले केहिदिन अघिमात्र बलात्कार मुद्दा अदालतबाट सफाइ पाएका थिए ।

सन् २०१९ मा पनि अमेरिकन दूतावासले उनलाई भिसा  दिन अस्वीकार गरेको थियो । वेस्ट इन्डीजमा हुन लागेको क्यारेबियन प्रीमीअर लीग खेल्न जाने क्रममा उनले अनुरोध गरेको अमेरिकाको प्रवेशाज्ञा पाएका थिएनन्।

सुरुमा भिसा दिन अस्वीकार गरेको उनलाई फेरि बोलाएर भिसा दिएको थियो । उनले अमेरिकाले भिसा दिन अस्वीकार गरेको कुरा सामाजिक सञ्जालमा पोस्ट गरेपछि फेरि बोलाएर दिएको थियो । त्यो बेलामा सन्दीपले भिसाको समस्या ‘हल भएको’ भन्दै अमेरिकी राजदूतावासलाई धन्यवाद दिँदै अर्को पोस्ट गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved