हार्दिक आईपीएलसँगै श्रीमतीको जीवनबाट पनि बाहिरिएका हुन् ?

नेपालभ्युज

हार्दिक आईपीएलसँगै श्रीमतीको जीवनबाट पनि बाहिरिएका हुन् ?

एजेन्सी । भारतीय क्रिकेट टीमका स्टार क्रिकेटर हार्दिक पाण्डेयको आईपीएल टीम मुम्बई इन्डियन्स यो वर्ष बाहिरिसकेको छ । कैयौंपटक फाइनल जित्ने टिमको हिस्सा रहेका पाण्डेयको टीम यसपटक भने क्वालिफायरभन्दा अगाडि नै बाहिरिएको छ ।

खेलसँगै हार्दिक फेरि आफ्नो व्यक्तिगत जीवनका कारणले पनि चर्चामा आएका छन् । पाण्डेयकी श्रीमती नताशा स्तान्कोविकको सम्बन्धको चर्चाले बजार तातेको छ ।

हालै हार्दिककी श्रीमतीले इन्स्टाग्रामबाट पतिको नाम हटाएकी छन् । जसले गर्दा सामाजिक सञ्जालमा मानिसहरू उनीहरूको सम्बन्धमा दरार आएको अड्कलबाजी गरिरहेका छन् ।

अहिलेसम्म यस विषयमा कति साँचो र आधिकारिक खबर भने बाहिर आइसकेको छैन । हार्दिक र नताशाको विवाह भएको चार वर्ष पुर्यो । विवाहको केही समयपछि नै उनीहरू बुवाआमा बनेका थिए । अघिल्लो वर्ष नताशाले एउटा छोराको जन्म दिएकी थिइन् । उनीहरूको प्यारो परिवार प्रायः सामाजिक सञ्जालमा देखिने गर्छ ।

तर, यी सबैका बीच उनीहरूको सम्बन्धमा दरार आएको खबर बाहिर आएको छ ।

गत मार्च ४ गतेका दिन नताशाको जन्मदिनमा हार्दिकले कुनै पोष्ट नगर्दा पनि सबैले सम्बन्धमा दरार आएको अनुमान लगाइरहेका थिए । नताशाले नाम हटाए पनि पतिसँगका तस्वीरहरू भने हटाएकी छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved