२०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर पनि गुमायो नेपालले

नेपालभ्युज

२०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर पनि गुमायो नेपालले
तस्वीर स्रोतः क्यान/फेसबुक (फाइल फोटो )

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ मा शनिबार नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि सन् २०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर पनि गुमाएको छ ।

समूह चरणबाट बाहिरिँदा नेपालको सुपर–८ को सम्भावना मात्र समाप्त भएन अर्को अवसर पनि गुमाएको हो ।

अमेरिका र वेष्टइण्डिजमा जारी विश्वकपमा सुपर–८ मा पुग्ने टोलीलाई २०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर थियो । अब २०२६ को विश्वकप खेल्न नेपालले छनोट चरण पार गर्नुपर्ने छ ।

सुपर–८ मा पुग्ने भारत बाहेक अन्य ७ टोलीले २०२६ को विश्वकपमा स्थान बनाउने छन् । सुपर ८ बाहेक आइसिसीको वरीयतामा शीर्ष स्थानमा रहने तीन टोली पनि सोझै विश्वकपमा पुग्नेछन् ।

हालसम्म टी–२० विश्वकप २०२६ सोझै खेल्ने ७ टोलीको टुङ्गो लागेको छ । भारत र श्रीलंका आयोजक हुन् । उनीहरु सोझै पुगेका छन् ।

त्यसपछि सुपर ८ मा पुगेका अमेरिका, अफगानिस्तान, अष्ट्रेलिया, वेष्टइण्डिज, दक्षिण अफ्रिका पनि सोझै छनोट भएका छन् । अब इंग्ल्यान्ड, नेदरल्यान्ड्स, बंगलादेश र स्कटल्यान्डमध्ये दुई टोली सोझै विश्वकपमा पुग्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved