श्रीमती बेचेपछि १० वर्ष जेल बसेर छुटेका सम्बरबहादुर उही धन्दामा, पोखरा भन्दै भारत लग्दै थिए किशोरी

२०६० साल जन्ममिति रहेको बिना तामाङ नाम भएको सक्कली नागरिकता बोकेकी किशोरीले पछि नागरिकता आफ्नो नभएको बताइन् । उनको उमेर १४ वर्षको भएकाले नेपालको सीमा कटाउन सजिलो हुने ठानेर अरूको नागरिकता दिइएको रहेछ ।

श्रीमती बेचेपछि १० वर्ष जेल बसेर छुटेका सम्बरबहादुर उही धन्दामा, पोखरा भन्दै भारत लग्दै थिए किशोरी

काठमाडौं । जेठ २६ गते ललितपुरको चापागाउँ र लेले हुँदै हेटौँडा जाने बाटो (कान्ती राजपथ) मा प्रहरीको चेकिङ थियो । बसमा रहेका दुईजना यात्रुको व्यवहार प्रहरीको टीमलाई ‘शंकास्पद’ लाग्यो ।

एकजना पुरुष थिए । साथमा एक किशोरी थिइन् । किशोरीलाई प्रहरीले उमेर र नाम सोधे । भनिन्, ‘‘मेरो उमेर २१ वर्ष’’ । उमेर २१ जस्ती नदेखिने ती किशोरीलाई फेरि सोधियो, ‘‘नाम के हो ?’’ अब उनी अलमलमा परिन् । साथमा भएको नागरिकता झिकिन् र हेर्दै भनिन्, ‘‘बिना तामाङ ।’’

‘‘आफ्नै नाम भन्न पनि नागरिकता हेर्नुपर्छ ?’’ उनलाई प्रहरीले केरकार थाले । रातोपिरो हुँदै आफूसँगै रहेका पुरुषको मुख हेर्न थालिन् ।

दुवै जनालाई प्रहरीले त्यही रोक्यो । केरकार गर्दा थाहा भयो । हेटौँडा हुँदै वीरगञ्ज र रक्सौल नाका हुँदै भारत छिर्न खोजेका रहेछन् । पुरुषको साथबाट केही भारतीय रुपैयाँ पनि बरामद भयो ।

प्रहरी वृत्त चापागाउँ ल्याइएपछि प्रहरीले प्रश्न सोध्थ्यो । जवाफ दिँदा उनीहरू घरी एकअर्कामा मुखामुख गर्थे, घरी अलमलिन्थे । त्यसमाथि किशोरी र पुरुषले दिएको जवाफ एक अर्कासँग मिलिरहेको थिएन । प्रहरीले उनीहरूलाई पक्राउ परेर बबरमहलस्थित प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा ल्यायो ।

उनी थिए, नुवाकोट दुप्चेश्वर ६ का ३९ वर्षीय सम्बरबहादुर तामाङ र १४ वर्षीय किशोरी । उनको उमेर १४ वर्षको भएकाले नेपालको सीमा कटाउन सजिलो हुने ठानेर अरूको नागरिकता दिइएको रहेछ ।

२०६० साल जन्ममिति रहेको बिना तामाङ नाम भएको सक्कली नागरिकता बोकेकी किशोरीले पछि नागरिकता आफ्नो नभएको बताइन् । उनको उमेर १४ वर्षको भएकाले नेपालको सीमा कटाउन सजिलो हुने ठानेर अरूको नागरिकता दिइएको रहेछ ।

किशोरीलाई भारत लैजाँदै गर्दा पक्राउ परेका सम्बरबहादुर तामाङ र इन्दिरा कटुवाल तामाङ।

किशोरीले भनिन्, ‘‘बाटोमा चेकजाँच भएमा वास्तविक नाम, थर, ठेगाना नभन्नु । नागरिकतामा भएको नाम भन्नु भनेर सिकाइएको थियो ।’’

उनले आफूलाई पोखरामा होटलमा ‘वेट्रेस’को काममा लगाउन भन्दै लगेको सुनाइन् । ‘‘दाइले आफ्नै होटलमा वेट्रेसको काम छ भन्नुभयो ।

“सुरुमा महिनाको २० हजार तलब दिने भन्नुभयो । पछि तलब बढाउँदै लैजाने बताएपछि म उहाँहरूसँग आएकी हुँ’’ किशोरीले भनिन् ।

किशोरीलाई पोखरा लैजाने भन्दै भारत लैजान लागेको अनुसन्धानबाट खुल्यो । अनुसन्धानको क्रममा किशोरीलाई भारतको मुम्बई लैजान लागेको देखिएको छ ।

दिल्लीको जीबीरोड- जहाँ सयौँ नेपाली महिलाले बिताउँदै छन् नारकीय जीवन (भिडिओ)

त्यो काममा सम्बरबहादुरलाई सहयोग गर्ने ३३ वर्षीया इन्दिरा कटुवाल तामाङको पनि मिलेमतो रहेको खुल्यो । नुवाकोट तादी गाउँपालिका २ स्थायी ठेगाना भई हाल जिल्ला काठमाडौं टोखा बस्ने इन्दिरा भोलिपल्ट २७ गते आइतबार पक्राउ परिन् । उनीहरूमाथि अहिले काठमाडौं जिल्ला अदालतबाट दिन पाँचको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

आर्थिक अवस्था कमजोर भएको परिवारकी किशोरीलाई गाउँबाटै फकाएर लैजाने सम्बरबहादुर एक वर्षअघि मात्रै जेलबाट छुटेका थिए ।

नुवाकोट घर भए पनि काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. ७ बस्ने उनी १० वर्ष जेल बसेर २०८० वैशाखमा छुटेका व्यक्ति रहेका मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले बताए ।

उनले भने, ‘‘नुवाकोट दुप्चेश्वर ६ भर भएका सम्बरबहादुर मानव बेचबिखन मुद्दामा १० वर्ष जेल बसेर अघिल्लो साल वैशाखमा मात्रै छुटेका थिए । छुटेपछि फेरि पुरानै धन्दामा लागेको भेटियो । पीडित किशोरी थिइन् । १८ नकटेको नाबालिग भएकाले नेपाल भारतको सीमा कटाउन गाह्रो हुने भएकाले अरुकै नागरिकता प्रयोग गरिएको पनि रहेछ ।’’

किशोरीलाई भारत लैजानको लागि सुनाकोठी, चापागाउँ र लेले हुँदै हेटौँडा जाने बाटो प्रयोग गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा ब्युरो र प्रहरी वृत्त चापागाउँ सँगको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको बताइएको छ ।

किशोरीको कमजोर आर्थिक अवस्थाको फाइदा उठाई नजिकको नातेदारलाई प्रयोग गरी सम्झाइबुझाई गर्न लगाएर विश्वासमा पारेको अनुसन्धानबाट खुलेको छ ।

फिल्मजस्तै ‘क्राइम थ्रिलर’ : चकलेटको खोलमा भित्रिन्छ कोकिन, पत्ता लगाउन विमानस्थलमा छैन मेसिन

सम्बरबहादुरले भारतीय आधार कार्डसमेत बनाएको पाइएको छ । उनको साथबाट ‘दिनेश थकुरा तामाङ’ नामको सक्कल भारतीय आधार कार्डसमेत फेला परेको छ ।

उनको सक्कल नेपाली नागरिकताको प्रमाण पत्र पनि साथमै बरामद भएको छ । भारतीय रुपैयाँ १३ हजार ९०० र नेपाली रुपैयाँ ७ हजार ३१० रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

सम्बरबहादुरले भारतमा यौन व्यवसायको लागि कोठी सञ्चालन गरी बस्ने एक महिलालाई भारतीय नम्बरबाट खोलेको ह्वाट्सएपमार्फत् पटकपटक सम्पर्क गरेको देखिएको प्रहरीले बताएको छ ।

श्रीमती नै बिक्री गरेपछि गएका थिए १० वर्ष जेल

नुवाकोट दुप्चेश्वर ६ का सम्बरबहादुर तामाङ पहिलोपटक २०६६ सालमा भारत गएका थिए । त्यसबेला उनी २४ वर्षका थिए । उनको बिहे भइसकेको थियो । उनी स्वदेश फर्किने र भारत जाने काम लगातार गरिरहन्थे ।

२०७० सालतिर उनले कैलालीकी एक युवतीलाई प्रेमजालमा फसाए । सामाजिक सञ्जालमार्फत भेटिएकी ती युवती सम्बरबहादुरसँग बिहे गर्न राजी भइन् । ती युवतीलाई उनले कैलालीमै गएर भेटे, मन्दीरमा लगेर बिहेको नाटक गरे ।

बिहेलगतै उनले नयाँ श्रीमतीलाई दिल्ली लगेर बेचे । केही महिनापछि सम्बरबहादुरकी श्रीमती उम्किएर स्वदेश आउन सफल भइन् ।

शाहरूखको फिल्म ‘डंकी’कै शैलीमा मानव तस्करी, भारतीय गिरोहको ट्रान्जिट काठमाडौं

भारतकै अधिकारकर्मीको एक संस्था र प्रहरीले गरेको उद्धारको क्रममा उनी परेकी थिइन् । स्वदेश आएपछि उनले दिएको जाहेरीको आधारमा सम्बरबहादुर पक्राउ परेका छन् । पक्राउ परेपछि १० वर्ष जेल सजायको फैसला भयो ।

२०८० साल वैशाखसम्म उनी जेलमै थिए । जेलबाट छुटेलगतै उनी फेरि भारत गए । अव उनी दिल्ली नभई मुम्बईको कोठीमा कनेक्सन बढाए । नेपाल आउँदा तारेकश्वर मनमैजु बस्थे ।

अहिले उनले किशोरीलाई उतै मुम्बई लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जेलबाट छुटेको पछिल्लो एक वर्षमा उनले अरू पनि युवती तथा किशोरीलाई भारत लगेको हुनसक्ने आशंका छ ।

१४ वर्षीया बालिका बेच्न लैजाँदै गर्दा सम्बरबहादुर पक्राउ, जो १० वर्ष जेल बसेर छुटेका थिए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved