शाहरूखको फिल्म ‘डंकी’कै शैलीमा मानव तस्करी, भारतीय गिरोहको ट्रान्जिट काठमाडौं

‘डंकी फ्लाइट’का घटना ओपन सेक्रेट हुन् । तर, भारतीय मानव तस्करले नेपाललाई समेत ट्रान्जिट बनाउँदै आएको कुरा भने पहिलोपटक खुलासा भएको छ । काठमाडौंलाई सेल्टर बनाएरै डंकी फ्लाइटमार्फत अमेरिकालगायतका पठाउने ठगी धन्दा गरिरहेको पाइएको हो ।

शाहरूखको फिल्म ‘डंकी’कै शैलीमा मानव तस्करी, भारतीय गिरोहको ट्रान्जिट काठमाडौं

काठमाडौं । शाहरूख खान स्टारर बलिउड फिल्म ‘डंकी’ २४ मंसिरमा चल्यो  ।  फिल्म हिट भयो । त्यसका पछाडि दुई प्रमुख कारण थिए । पहिलो— निर्देशक राजकुमार हिरानी आफैँमा ब्रान्ड थिए । दोस्रो— फिल्मको विषयवस्तु नै दम्दार ।

ज्यानको बाजी राख्दै अवैध बाटोबाट लन्डन जाने सपनाको कथा । हिँडेर अमेरिका पुगिने चलन भएको धेरै देशका बहुप्रतिक्षित रहेको सो फिल्मले प्रदर्शनपछि धमाका मच्चायो ।

फिल्मले गरिबीको चपेटामा रहेका र मानव तस्करको फन्दामा परेर हिँडेरै लन्डन जाने भारतीय युवाको कथा भन्छ । जो परिवार पाल्नकै लागि रोजगारीको सुन्दर सपना बोकेर लागि निद्रा र भोको पेटसँग सम्झौता गर्छ ।

जो, राम्रो जीवन बाँच्न, धेरै पैसा कमाउने सपनासहित अवैधरूपमा महिनौं दिन हिँड्न तयार हुन्छ, त्यो पनि खोला नाला, भीर, पहरो र जङ्गलको बाटो ।

यो फिल्मले ‘डंकी फ्लाइट’को कथा भन्छ, जुन अवैध आप्रवासीको मुद्दामा आधारित छ । भारतबाट अमेरिका, बेलायत र क्यानडामा कसरी अवैध बाटोबाट मानिस गइरहेका छन् ।

उनीहरूलाई गिरोहले कसरी अवैध आप्रवासी बनाइरहेका छन् भन्ने विषयवस्तुमा फिल्म घुमेको छ । ठीक यस्तै प्रवृत्ति नेपालमा पनि देखिएको आएको छ, जसले नेपाली दर्शकलाई पनि उद्देलित तुल्यायो ।

000

डंकी भनेको एक अवैध यात्रा हो । जुन धेरै मानिसहरूले आफ्नो देशबाट बाहिर निस्कनका लागि संसारभरका सिमानाहरू पार गर्छन् । डंकी शब्द पन्जाबी भाषाबाट आएको हो जसको अर्थ एक ठाउँबाट अर्को ठाउँमा उडाउनु हुन्छ ।

गैरकानूनीरूपमा सीमामा प्रवेश गर्ने यो ‘डंकी’ शब्द विशेष गरी पन्जाब, हरियाणा र गुजरातमा खुबै प्रचलनमा छ । जहाँ डंकी फ्लाइटको लागि त्यहाँ ट्राभल एजेन्सी, मेनपावर कम्पनीदेखि एजेन्टहरू सक्रिय छन् ।

जसले राम्रो रोजगारीको लागि विदेश यात्रा गर्न चाहने व्यक्तिबाट लाखौं असुल्छन् र डंकी फ्लाइट गराउँछन् ।

‘डंकी फ्लाइट’को व्यवसाय तुलानात्मकरूपमा पन्जाबमा व्यापकरूपमा फैलिएको छ, जहाँ युवाको ठूलो जनसंख्या विदेश जान चाहन्छ । यो व्यवसाय हरियाणा, उत्तर प्रदेश र हिमाञ्चल प्रदेशमा पनि फैलिएको छ ।

भारतको पश्चिमी राज्यबाट ठूलो सङ्ख्यामा मानिस विदेश जान खोज्दा यो व्यवसायले गुजरातमा पनि पकड जमाएको छ । ‘डंकी फ्लाइट’ मुख्यत: राम्रो पैसा कमाउने र राम्रो जीवनयापन गर्न चाहनेबाट मानव तस्करले लाखौं रुपैयाँ असुलेर बिनाभिसा विभिन्न देश पुर्‍याउँछन् । ‘डंकी फ्लाइट’का यी घटना ओपन सेक्रेट हुन् ।

पक्राउ परेकाहरू 

तर, यी घटनामा भारतीय मानव तस्करले नेपाललाई समेत ट्रान्जिट बनाउँदै आएको कुरा भने पहिलोपटक खुलासा भएको छ ।

भारतीय गिरोहले नेपालमा सेल्टर बनाएरै डंकी फ्लाइटमार्फत अमेरिकालगायतका देश पठाउने ठगी धन्दा गरिरहेको पाइएको हो ।

भारतीय माफियाहरूले अमेरिका पठाइदिने प्रलोभनमा पारेर नयाँ दिल्लीबाट दुबई र कतारलगायत देश ट्रान्जिट बनाउन काठमाडौंलाई समेत सेल्टर बनाएर राख्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

भारतीय मानव तस्कर, जसले अमेरिका लैजाने भन्दै ११ भारतीयलाई नेपाल ल्याएर छाडे !

डंकी फ्लाइट्सक लागि नेपाल सेल्टर

शाहरूख खान स्टारर फिल्म ‘डंकी’मा देखाइएजस्तैको ‘डंकी फ्लाइ’मा रहेका ११ जना भारतीयको उद्धार गरिएको छ ।

गिरोहका ९ जना मानवतस्कर पक्राउ परेका छन् । काठमाडौंको रातो पुलस्थित एक घरबाट प्रहरीले बन्धक बनाइएकालाई उद्धार गरिरहेको हो ।

पक्राउ परेकाहरूबाट बरामद भएका रकमहरू

उद्धार गरिनेमा पञ्जाबका गुरिन्दर सिंह, भूपेन्द्र सिंह, मानवीर सिंह, जगदीप सिंह, गुरपीत सिंह, कुलदीप सिंह, राकेश कुमार, गुरुपित सिंह, हरियाणाका सुवास कुँवर, प्रतीक र आशिष कुमार छन् । उनीहरूलाई अवैधरूपमा अमेरिका लैजाने भन्दै ल्याइएको थियो ।

भारतीय मानव तस्करहरूले उनीहरूलाई नेपालमा बन्धक बनाएको सूचना प्रहरीले पाएको काठमाडौं प्रहरी परिसरका एसएसपी भूपेन्द्र खत्रीले बताए ।

गौशाला वृत्त र काठमाडौं परिसरको संयुक्त टोलीले ‘डंकी अप्रेसन’मार्फत् उक्त घरमा छापा मारेको थियो ।

घटनामा संलग्न नेपालका लागि मुख्य एजेन्ट मध्य प्रदेशका इन्दु सिंह यादव, लुदियानाका निपुन गुप्ता, नयाँ दिल्लीका चरणजित सिंह, पञ्जाबका अशोक कुमार, महिपालपुरका अब्दुल राहिम, पञ्जाबका मनिष कुमार मल्होत्रा, मध्य प्रदेशका रवि मेवाडे, राजस्थानका रामचन्द्र शर्मा पक्राउ परेका छन् ।

एक जना नेपाली पनि रहेको एसएसपी भूपेन्द्र खत्रीले बताए । उनले भने, “पीडितहरू हप्ता दिन अघिदेखि त्यहाँ बन्धन बनाइएका थिए । पीडितहरूले विश्वासका आधारमा प्रलोभनमा परेको बताएका छन् । यसअघि दुई/तीन टोलीलाइ तस्करले नेपाल ल्याएर अरू नै देश उडाइसकेको रहेछ ।”

अवैध अफिमको मौलाउँदो खेती, नेपालको अफगानिस्तान बन्दै ‘राक्सिराङ्ग’

डंकी फ्लाइटको लागि घर नै भाडामा

एसएसपी खत्रीका अनुसार डंकी फ्लाइटको लागि मानव तस्करले घर नै भाडा लिएको देखिएको छ । माफियाहरूको उद्देश्य केहीलाई विदेश पठाउने र केहीलाई अमेरिका पठाउनेभन्दा पनि ठगी गर्ने उद्देश्य मात्र पनि देखिएको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्नेको साथबाट नक्कली काजगाज, स्ट्याम्प, ल्यापटप, घडीलगायतका सामान बरामद भएको छ ।

अंग्रेजी भाषामा पढ्न तल क्लिक गर्नुहोस्  –

Human Trafficking in style of Shahrukh Khan’s movie ‘Dunki’; Kathmandu becomes transit for Indian gang

एसएसपी खत्रीका अनुसार ‘ग्रीन क्रोमा’को माध्यमबाट बन्धक बनाइएकाहरूलाई मेक्सिको र ब्राजिलमा रहेको गलत प्रेजेन्टेशन उनीहरूका आफन्तलाई दिने गरेका थिए । त्यसैका लागि घडीमा पनि सोही देशको समय सेट गरिएको थियो ।

एसएसपी खत्रीले भने, “भिडिओ सुट गरेर ब्याकराउन्ड भने अरू देशको राखेर हामी अमेरिका नजिक छौँ । तपाईंहरू पनि आउनुस् । भन्न लगाएर गिरोहले अरुलाई भिडिओ पठाएर उनीहरूबाट ठगी गरिरहेका रहेछन् ।”

पक्राउ परेकाहरूबाट बरामद भएका पासपार्ट र नक्कली स्ट्यामहरू

कतिपय त्यत्तिलाई १४ दिन, कतिपयलाई २० दिन र कतिपयलाई महिनौं दिनदेखि राखिरहेको पाइएको छ ।

पीडितहरूलाई हवाई मार्गबाट नै नेपाल ल्याइएको थियो । गिरोहले अमेरिका पठाइदिने भन्दै प्रतिव्यक्ति ४० देखि ४५ लाख रुपियाँसम्म असुल गरेको थिए । प्रहरीले यो घटनालाई मानव बेचबिखन र बन्धक बनाएर राखिएको कसुरका रूपमा अनुसन्धान गरिरहेको छ ।

अमेरिकी विदेश मन्त्रालयको मानव बेचबिखनसम्बन्धी एउटा प्रतिवेदनले नेपाल मानव तस्करको ‘ट्रान्जिट’ भनेको थियो । प्रतिवेदनमा गैरकानूनी आप्रवासनका क्रममा नेपाललाई मानव तस्करहरूलाई ‘ट्रान्जिट’ मुलुकका रूपमा पनि प्रयोग गर्ने गरेको उल्लेख छ ।

यो पनि पढ्नुहोस्-

दिल्लीको ‘आधुनिक कोठी’मा सयौं नेपाली युवती, अनलाईनबाटै चलाइन्छ यौनधन्दा (भिडिओ)

दुबईमा बसेर नेपालमा मानव तस्करी, यता देखाउन ‘भिजिट भिसा’, उता पुगेपछि ‘वर्किङ भिसा’

दुबईमा बेचिएर फर्किएकी रितुको दर्दनाक कथा, भन्छिन्– त्यो नर्क त शत्रुले पनि देख्न नपरोस् (भिडिओ)

दिल्लीको जीबीरोड : जहाँ सयौँ नेपाली महिलाले बिताउँदै छन् नारकीय जीवन (भिडिओ)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved