भारतीय मानव तस्कर, जसले अमेरिका लैजाने भन्दै ११ भारतीयलाई नेपाल ल्याएर छाडे !

अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको गरी पक्राउ गरेका ७ जना भारतीयहरूलाई सार्वजनिक गरिएको हो । यसमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

नेपालभ्युज

भारतीय मानव तस्कर, जसले अमेरिका लैजाने भन्दै ११ भारतीयलाई नेपाल ल्याएर छाडे !

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले अमेरिका लैजाने भन्दै भारतीयलाई नेपाल ल्याएर बन्धक बनाउने गिरोहलाई सार्वजनिक गरेको छ ।

अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरी पक्राउ गरेका ७ जना भारतीयहरूलाई सार्वजनिक गरिएको हो । यसमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरूले नेपालबाट अवैधरूपमा मेक्सिको हुँदै अमेरिका पठाउँदै आएका थिए । उनीहरूमाथि अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरले उक्त गिरफ्तारीबारे बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

इन्दु सिंह, निपुन गुप्ता, चरनजित सिंह, अशोक कुमार, अब्दुल रहिम, मनिस कुमार मलहोत्रा, रविड मेहाडे पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्र खत्रीले भने, “अमेरिका जान भनेर नेपाल ल्याइएका भनिएका ११ जना भारतीय नागरिकहरूलाई उद्दार गरिएको छ । उनीहरू बन्धन थिए । उक्त गतिविधिमा संलग्न रहेको ठानिएका ७ जना भारतीयलाई पक्राउ गरिएको छ ।”

उनीहरू केही भारतबाट सिधै नेपाल र केही दुबई र कतारबाट हवाई मार्गबाट नेपाल आएको थिए । कतिपय भारतीयहरू मेक्सिको समेत पुगिसकेका बताइएको छ ।

खत्रीले भने, “मेक्सिको हुँदै अमेरिका पठाइदिन्छु भनेर राम्रै रकम लिएर नेपालमा ल्याइएको रहेको रहेछ । दुबई हुँदै त्यता पठाउने भनेर राखेको रहेछ । अहिले उक्त गिरोह पक्राउ परेको हो ।”

तस्करले पीडितलाई हरियो पर्दामा भिडिओ सुट गरेर मेक्सीकोको विभिन्न ठाउँको ब्याकराउन्ड र साउन्ड राखेर अरुलाई समेत ठगी गर्दै आएका थिए । “भिडिओ सुट गरेर ब्याकराउन्ड भने अरू देशको राखेर हामी अमेरिका नजिक छौँ । तपाईंहरू पनि आउनुस् । भन्न लगाएर अरुलाई भिडिओ पठाएर ठगी गरिरहेका रहेछन्,” खत्रीले भने ।

अमेरिकी विदेश मन्त्रालयको मानव बेचबिखनसम्बन्धी एउटा प्रतिवेदनले नेपाल मानव तस्करको ‘ट्रान्जिट’ भनेको थियो ।

प्रतिवेदनमा गैरकानुनी आप्रवासनका क्रममा नेपाललाई मानव तस्करहरूलाई ‘ट्रान्जिट’ मुलुकका रूपमा पनि प्रयोग गर्ने गरेको उल्लेख छ ।

पीडितहरूलाई काठमाडौंको रातोपुलमा सिङ्गै घर भाडामा लिएर राखिएको अवस्थामा फेला पारिएको थियो । कतिपय त्यत्तिलाई १४ दिन, कतिपयलाई २० दिन र कतिपयलाई महिनौं दिनदेखि राखिरहेको पाइएको छ । पीडितहरूलाई हवाई मार्गबाट नै नेपाल ल्याइएको थियो ।

गिरोहले अमेरिका पठाइदिने भन्दै प्रतिव्यक्ति ४० देखि ४५ लाख रुपैयाँसम्म असुल गरेको थिए । प्रहरीले यो घटनालाई मानव बेचबिखन र बन्धक बनाएर राखिएको कसुरका रूपमा अनुसन्धान गरिरहेको छ ।

यस्तो छ पछिल्लो घटना

काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भूपेन्द्र खत्रीका अनुसार पक्राउ परेकाहरूबाट नक्कली कागजपत्रहरू पनि पाइएको छ । फर्जी राहदानीदेखि टिकट र स्ट्याम्पसमेत सो समूहबाट बरामद भएको छ ।

उनीहरूको गिरोह ठूलो सङ्ख्यामा भए पनि ७ जना मात्र पक्राउ परेका हुन् । पीडितहरू भारतको हरियाणा, दिल्लीलगायत विभिन्न ठाउँका छन् ।

घटनाबारे अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी प्रमुख खत्रीले भन्छन्, “पीडित र पीडक दुवै भारतका छन् । पक्राउ पर्नेहरू पनि सबै भारतीय नै छन् । उत्तर प्रदेशदेखि विभिन्न ठाउँका छन् ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved