काठमाडौं । काठमाडौंमा एक नवविवाहित महिलाले बिहेको एक सातामै पतिविरुद्ध बलात्कार मुद्दा हालेकी छिन् ।
श्रीमान्ले आफ्नो असहमति हुँदाहुँदै पनि शारीरिक सम्पर्क राखेको भन्दै वैवाहिक बलात्कार मुद्दा हालेका हुन् । दुलाहाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ । उनलाई ५ वर्ष कैद सजाय गर्न माग गरिएको छ ।
त्यो जोडीको गत वैशाख ७ गते बत्तिसपुतलीस्थित एक रेस्टुरेन्टमा भव्य बिहे भएको थियो ।
जापानमा १० वर्षदेखि बस्दै आएकी कमला (नाम परिवर्तन)ले दोस्रो बिहे गरेकी हुन् । पारिवारिक चिनजान रहेका केटा सँगै प्रेम सम्बन्ध थियो । उनले नेपाल आएर उनै प्रेमीसँग बिहे गरेकी हुन् । जापानमै रहेका श्रीमाननसँग सम्बन्ध बिग्रिएपछि उनले दोस्रो विवाह गरेकी बताइएको छ । केटाको पनि दोस्रो बिहे थियो ।
आफूसँगै दुलही सँगै सुत्न नमानेपछि सुनका गरगहना आफूले खोसेको बताएका छन् । दुलाहाले ‘तपाईँको छोरीको अन्य केटीहरूसँग सम्बन्ध रहेछ’ भनेर दुलहीका परिवारलाई भनेपछि बलात्कार मुद्दा परेको हो ।
यता दुलहीको दिदीले विवाहको दुई दिनमै दुलाहाले दाइजो र विवाह भोजको रकम मागेको आरोप लगाएकी छिन् ।
Facebook Comment
Comment