काठमाडौं । मन्त्रालयगत बजेटमाथिको छलफललाई तिब्रता दिएको संसद बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने छ ।
बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल जारी रहनेछ ।
संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची छ ।
सांसद रामहरि खतिवडाले विनियोजन विधेयक २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
सांसदहरू राजेन्द्रप्रसाद लिङदेन, प्रेम सुवाल, मुक्ताकुमारी यादव, अमरेशकुमार सिंह, रोशन कार्की र श्यामकुमार घिमिरेले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची राखिएको छ ।
यस्तो छ सम्भावित कार्यसूची
Facebook Comment
Comment