मनकामना केबुलकार झण्डै दुई महिना बन्द गरिँदै

नेपालभ्युज

मनकामना केबुलकार झण्डै दुई महिना बन्द गरिँदै

काठमाडौं । नेपालकै पहिलो केबलकार झण्डै दुई महिना बन्द हुने भएको छ ।

मर्मत गर्नु पर्ने भएकाले गोरखाको मनकामनामा रहेको केबुलकार ५० दिनका लागि बन्द हुने भएको हो ।

यहि महिनाको ३१ गतेदेखि ५० दिनसम्म केबुलकारका सबै सेवा बन्द गर्न लागिएको मनकामना केबुलकार प्रालिले जनाएको छ ।

नियमित मर्मतसम्भार  र समय अनुसार स्तरोन्नती गर्नु पर्ने भएकाले आगामी असोज १० गतेसम्म केबुलकार बन्द हुने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

उनका अनुसार केबुलकारको मुख्य लट्ठासमेत फेर्ने तयारी भएको छ ।

मनकामना केबुलकार बिसं २०५५ सालमा स्थापना भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved