काठमाडौं । मगर समुदायको भूम्या (भूमे) पर्व आजदेखि सुरु भएको छ ।
भूमिको पूजा गरी मनाइने यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले मनाउने गर्छन् ।
नेपाल मगर संघले बुधबार काठमाडौंमा भूम्याको आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउन सुरु गरेको हो । मगर समुदायले प्राकृतिक प्रकोप नलागोस्, अन्न उब्जनी राम्रो होस्, रोगब्याधी नलागोस् भनी आफू बसोबास गर्ने भूमिको पूजा गरी यो पर्व मनाउदै आएका छन् ।
स्थानीय मगर खाम/पाङ (भाषा) मा यस पर्वलाई नोगोबाङ्गे पनि भनिन्छ ।
पश्चिम नेपालको रोल्पा, रुकुम, प्यूठान, सल्यान, दाङ, बाग्लुङ र म्याग्दी जिल्लाका मगर समुदायले भूमे पर्व विशेष महत्त्वका साथ मनाउँछन् ।
पछिल्लो समय बसाइँसराइको क्रम बढेपछि दाङ, काठमाडौंलगायतका क्षेत्रमा पनि यो पर्व मनाउनेको संख्या बढ्न थालेको छ ।
Facebook Comment
Comment