युरो कपमा डेब्यु टोली अल्बानियाको कीर्तिमानी गोल, इटालीको विजयी सुरुवात

नेपालभ्युज

युरो कपमा डेब्यु टोली अल्बानियाको कीर्तिमानी गोल, इटालीको विजयी सुरुवात

काठमाडौं ।  युरो कपमा डेब्यु गरेको अल्बानियाले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेर सनसनी मच्चाएको छ ।

समूह बी मा रहेको डिफेन्डिङ च्याम्पियन इटालीलाई खेल सुरु हुनासाथ गोल हानेर अल्बानियाले इतिहास रचेको हो ।

नेदिम बज्रामीले पहिलो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेल सुरु भएको २३ सेकेण्डमा बज्रामीले गोल गर्दै युरोमा सबैभन्दा छिटो गोल गर्नै कीर्तिमान बनाएका छन् ।

उनले सन् २००४ मा रुसका दिमीत्री किरिचेन्कोले ग्रिसविरुद्ध ६७ सेकेण्डमा गरेको गोलको कीर्तिमान तोडेका हुन् ।

अल्बानियाको यो अग्रता लामो समयसम्म टिक्न सकेन अन्तत: २ – १ ले इटालीसँग पराजित भयो ।

इटालीका लागि एलेजान्द्रो बास्टोनीले ११ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । १६ औँ मिनेटमा निकोलो बरेलाले अर्को गोल थपेपछि इटाली २–१ ले विजयी भयो ।

यो सँगै ३ अंक जोडेको इटाली समूहको दोस्रो स्थानमा छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved