सिरोहियालाई भेट्न जनकपुर पुगे विमलेन्द्र, भने – सरकारी प्रक्रियाको त्रुटिले नागरिकता रेकर्ड फरक पर्यो‍

नेपालभ्युज

सिरोहियालाई भेट्न जनकपुर पुगे विमलेन्द्र, भने – सरकारी प्रक्रियाको त्रुटिले नागरिकता रेकर्ड फरक पर्यो‍

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भेट्न जनकपुरधाम पुगेका छन् ।

धनुषा प्रहरीको हिरासतमा रहेका सिरोहियालाई भेट्न जनकपुरधाम पुगेका निधिले विमानस्थलमै पत्रकार सम्मेलन गर्दै आफू उनको छिमेकी रहेको बताए ।

निधिले सिरोहिया जनकपुरका ‘बोनाफाइड’ नेपाली नागरिक रहेको दाबी गरे । उनले भने, ‘सिरोहियाको घर मेरो घरकै सामुन्ने घर छ । प्रतिशोधपूर्ण तरिकाले सरकार गिरफ्तार गरेको छ । अनावश्यक दुःख दिएको देखिन्छ ।’

नेता निधिले सिरोहियालाई भेटेर आफू र कांग्रेस साथमा रहेको जानकारी गराउने बताए । कानुनी व्यवस्था र प्रक्रियाको त्रुटिले सिरोहियाको नागरिकता रेकर्ड फरक फरक भएको निधिको तर्क थियो ।

नागरिकता कीर्ते सम्बन्धी कसुरमा सिरोहिया मंगलबार पक्राउ परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved