एक सातादेखि हराइरहेकी युवती मृत भेटिइन्, श्रीमान प्रहरीको नियन्त्रणमा

नेपालभ्युज

काठमाडौं । धनुषामा आठ दिनदेखि बेपत्ता एक युवती मृत भेटिएकी छन् ।

क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेको अवस्थामा भेटिएको हो ।

वेपत्ता भएदेखि खोजी जारी गरिएपनि यादवको शव गएराति मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा प्रहरीले फेला पारेको हो ।

उनको शव भेटिएपछि हत्याको आशंकामा प्रहरीले श्रीमानलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved