पुल बनाउन खनेको खाल्डोमा खसेका बालक मृत भेटिए

नेपालभ्युज

पुल बनाउन खनेको खाल्डोमा खसेका बालक मृत भेटिए

काठमाडौं । पोखरामा पुल बनाउन खनेको खाल्डोमा खसेका बालक मृत भेटिएका छन् ।

कास्कीको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेका ९ वर्षिय गणेश विक मृत अवस्थामा भेटिएका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको टोलीले विकको शव निकालेको हो ।

उनी शनिबार साँझ ५ बजे पुल बनाउन खनेको खाल्डोमा खसेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved