गण्डकी प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल

नेपालभ्युज

गण्डकी प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल

गण्डकी । गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटमाथि आज (बुधबार)देखि प्रदेशसभामा छलफल सुरु हुने भएको छ ।

विनियोजन विधेयक र बजेटमा मन्त्रालयगत छलफलका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरले जानकारी दिए ।

बजेटमाथि यही असार १२ गतेसम्म प्रदेशसभामा छलफल भएपछि १३ गतेको बैठकमा निर्णयार्थ पेस हुने उनले बताए ।

प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले गत आइतबार प्रदेशसभा बैठकमा आगामी आव २०८२–०८३ का लागि रु ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट प्रस्तुत गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved