एजेन्सी । गर्मीमा दही खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यो चिसो हुने भएकाले पेटलाई शितल पनि बनाउँछ ।
दैनिक दहीको सेवन गर्दा हुने फाइदाबारे जानौं ।
दहीमा भरपूर मात्रामा भिटामिन डी र क्याल्सियम हुन्छ, जुन हड्डीलाई बलियो बनाउन सहायक हुन्छ । यसको सेवनले अस्टियोपोरोसिस जस्तो गम्भीर रोगको खतरा पनि कम हुन्छ ।
दहीमा हुने गुणले रुघाखोकीबाट बचाउँछ । यसलाई दैनिक सेवन गर्दा मौसमी रोगको जोखिमबाट बच्न सकिन्छ ।
दहीलाई गुडसँग दैनिक खाँदा एनिमियाको समस्या कम हुन्छ । यदि हेमोग्लोबिन कम हुने समस्या छ भने दहीमा थोरै गुड मिसाएर खानुहोस् ।
दहीमा हुने गुण तनाव कम गर्न पनि सहयोगी हुन्छन् । दैनिक एक कचौरा दही नियमित खाने हो भने तपाईं तनावमुक्त जीवन जिउन सक्नुहुन्छ ।
दही दैनिक सेवन गर्दा कोलेस्ट्रोल कम हुन्छ । जसले मुटुसम्बन्धी रोगको जोखिम कम गर्छ ।
दहीमा हुने गुड ब्याक्टेरियाले कलेजोलाई स्वस्थ बनाइराख्न सहयोग गर्छ । गुड ब्याक्टेरियाको कारण दहीले आन्द्रालाई पनि स्वस्थ बनाइराख्छ ।
दैनिक दही खाँदा ऊर्जा प्राप्त हुन्छ र अनिद्रा जस्तो समस्या पनि कम हुन्छ । दही बिहान वा दिउँसो खाँदा बढि प्रभावकारी हुन्छ ।
Facebook Comment
Comment