रविले जस्तै गरी सहकारीको बचत निजी कम्पनीमा लग्ने राप्रपा सांसदमाथि मुद्दा चल्दै

नेपालभ्युज

रविले जस्तै गरी सहकारीको बचत निजी कम्पनीमा लग्ने राप्रपा सांसदमाथि मुद्दा चल्दै

काठमाडौं । सहकारीको रकम निजी कम्पनीमा लगी अपचलन गरेको अभियोगमा राप्रपाकी समानुपातिक सांसद गीता बस्नेतमाथि मुद्दा चलेको छ । मुख्य प्रतिवादी बनाई मुद्दा चलाउने सिफारिस सहितको प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालय नवलपरासीमा बुझाएको हो ।

तर, यस्तै प्रकृतिको अपचलनमा जोडिएका रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेमाथि भने प्रहरीले अनुसन्धान अघि बढाएको छैन ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपुरका एसपी नरहरि रेग्मीले कावासोतीस्थित छिपछिपे सहकारीको रकम अपचलनको मुद्दामा सांसद बस्नेतसहितलाई मुद्दा चलाउन लागेको हो ।

उनीसहित १२ जनालाई मुख्य प्रतिवादी किटान गरेर ३५ जनाविरुद्ध बिगो, कैद र जरिवानाको मागदाबीसहित शुक्रबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको छ ।

सांसद बस्नेत सहकारीको बचतकर्ता, सदस्य वा सञ्चालक भएका कारण मुद्दा चलाइएको होइन । सहकारीको रकम लगेर रिपोर्टमा लगानी गरी हिनामिना गरेको आरोपमा मुख्य प्रतिवादी बनाइएको अनुसन्धान अधिकारी बताउँछन् ।

प्रहरीका अनुसार प्रतिवादी बनाइएका ३५ मध्ये १० जना हिरासतमा छन् । सांसद बस्नेतसहित अन्य प्रतिवादी फरार छन् । प्रहरीले १६ करोड ५६ लाख ९१ हजार ३१ रुपैयाँ बिगो माग दाबी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved