प्रहरी हिरासतमा रहेका सिरोहिया अस्पताल भर्ना, मुटुमा समस्या

नेपालभ्युज

प्रहरी हिरासतमा रहेका सिरोहिया अस्पताल भर्ना, मुटुमा समस्या

काठमाडौं । नागरिकतासम्बन्धी मुद्दामा थुानामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।

उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि सिरोहियालाई शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो तर त्यहाँ परीक्षणको लागि आवस्यक उपकरण नभएपछि राति काव्या अस्पतालमा भर्ना गरिएको छ ।

चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहियाको थुना अवधि लम्बिएको छ । जिल्ला अदालतले थप तीन दिन हिरासतमा राख्न शुक्रबार नै प्रहरीलाई अनुमति दिएको छ ।

सुगर, उच्च रक्तचाप लगायतका समस्या रहेका उनलाई विभिन्न स्वास्थ्य समस्या देखिएको चिकित्सकले बताएका छन् ।

नागरिकता सम्बन्धि एक उजुरीका आधारमा प्रहरीले सिरोहियालाई मंगलबार काठमाडौंमा गिरफ्तार गरी जनकपुर लगेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved