विश्वकप अभ्यास खेलमा क्यानडाले दियो नेपाललाई १८४ रनको लक्ष्य

नेपालभ्युज

विश्वकप अभ्यास खेलमा क्यानडाले दियो नेपाललाई १८४ रनको लक्ष्य
फाइल तस्वीर

काठमाडौं। आइसीसी टी २० विश्वकप अभ्यास खेलमा क्यानडाले नेपाललाई १८४ रनको लक्ष्य दिएको छ।

अमेरिकाको डालासमा जारी खेलमा क्यानडाले पूरै ओभर खेलेर ७ विकेट क्षतिमा १८३ रन बनाएको हो।

क्यानडाका लागि निकोलस किर्तोनले ३९ बलमा ५२ रन बनाए। नवनित धालिवाल ३२ रनमा आउट भए ।

नेपालका लागि अविनाश बोहराले २ तथा करण केसी, गुल्शन झा, सोमपाल कामी, सागर ढकाल र ललित राजवंशीले १-१ विकेट लिए।

टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको थियो । अभ्यास खेल भएकाले नेपालले धेरै खेलाडीलाई परीक्षण गर्ने अवसर पाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved