अनलाइनमार्फत् सट्टेबाजी खेल खेलाउने १३ भारतीय पक्राउ

नेपालभ्युज

अनलाइनमार्फत् सट्टेबाजी खेल खेलाउने १३ भारतीय पक्राउ

काठमाडौं । प्रहरीले अनलाइनमार्फत् सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिकलाई बुटवलबाट पक्राउ गरेको छ ।

बुटवल उपमहानगरपालिकाको कालिकानगरस्थित फ्ल्याट भाडामा लिएर सट्टेबाजी गर्ने उनीहरूलाई इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले पक्राउ गरेको हो ।

अवैध गतिविधि गरेको सूचनाको आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

उनीहरूको साथबाट मोबाइल लगायतका सामान बरामद गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved