नक्कली नोटसहित एक महिला जाजरकोटबाट पक्राउ

नेपालभ्युज

नक्कली नोटसहित एक महिला जाजरकोटबाट पक्राउ

सुर्खेत । प्रहरीले नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ ।

जाजरकोटको छेडागाड नगरपालिका–५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोही नगरपालिका–१० की ३२ वर्षीया बिपना बुढा पक्राउ परेकी हुन् ।

इलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved