पञ्चा सिंहसहित ५ जनाविरुद्ध हत्यामा मुद्दा नचल्ने

नेपालभ्युज

पञ्चा सिंहसहित ५ जनाविरुद्ध हत्यामा मुद्दा नचल्ने

काठमाडौं । माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित पाँच जनाविरूद्ध हत्याको अभियोगमा मुद्दा नचल्ने भएको छ ।

पर्याप्त प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, सुर्खेतले उनीसहित ५ जनाविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो ।

सिंहसहित बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल, अली कार्कीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको सहायक जिल्ला न्यायाधिवक्ता प्रेम भण्डारीले जानकारी दिए ।

कालिकोटमा २६ फागुन २०६५ मा राजबहादुर मल्ल खुकुरी प्रहार गरी हत्या भएको थियो । उनीहरुविरुद्ध राजबहादुरका  बुबाले  २०७९ साउन ३ गते पुरक किटानी जाहेरी दिएका थिए ।

यो प्रकरणमा १५ वर्षपछि अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले पक्राउ पूर्जी जारी गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved