डढेलोले दाङमा बस्ती नै सखाप, आगो अझै नियन्त्रणमा आएन

नेपालभ्युज

डढेलोले दाङमा बस्ती नै सखाप, आगो अझै नियन्त्रणमा आएन

दाङ । दाङको राजपुर गाउँपालिका– ७ हाडबासमा आगलागीबाट २४ घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट १० वटा गोठसमेत जलेर नष्ट भएको छ । वडाध्यक्ष पुष्कर वलीका अनुसार सो गाउँमा २५ वटा घर थिए ।

तीमध्ये २४ वटा जलेर नष्ट भएका हुन् ।

आइतबार दिउँसो ३ बजेतिर गाउँमा आगलागी भएको हो। आगलागी भएका सबै घर खरले छाएका छन् । जस्ताले छाएको मानबहादुर गिरीको बाहेक सबैका घर जलेका हुन् ।

नजिकै रहेको वनमा लागेको आगो गाउँमा पसेको हो । स्थानीयले आगो निभाउने प्रयास गरे पनि सम्भव नभएपछि गाउँ नै आगलागीले सखाप भएको स्थानीय भीम वलीले बताए ।

आगो अझै नियन्त्रणमा आएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved