लुम्बिनी : राजीनामा दिएका मन्त्री भण्डारीलाल अहिरले ग्रहण गरे पदभार

नेपालभ्युज

लुम्बिनी : राजीनामा दिएका मन्त्री भण्डारीलाल अहिरले ग्रहण गरे पदभार

काठमाडौं । लुम्बिनी प्रदेशमा जसपाका तर्फबाट मन्त्री बनेका भण्डारीलाल अहिरले यसअघि दिएको राजीनामा स्थगित गर्दै सोमबार मात्रै पदभार ग्रहण गरेका छन्। उनले सोमबार कृषि तथा भूमि व्यवस्था मन्त्रीको रुपमा पदभार ग्रहण गरेका हुन्।

अहिरले आफ्नो पार्टीसँग गरिएको सहमति पालना नभएको भन्दै वैशाख ९ गते मुख्यमन्त्री कार्यालयमा राजीनामा दिएका थिए। तर उनको राजीनामा ‘होल्ड’ गरिएको थियो। त्यतिबेला नै मुख्यमन्त्री जोखबहादुर महराले सहमतिको प्रयत्न गरेका थिए।

भण्डारी २०८० चैत २५ गते विना विभागीय मन्त्री बनेका थिए। उनलाई वैशाख ६ गते कृषि तथा भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी दिइएको थियो। तर उनले वैशाख ९ मा राजीनामा दिएका थिए। यद्यपि, वैशाख १२ मा मन्त्रिपरिषद् पुनर्गठन हुँदा अहिरको नाम समेत समावेश थियो। तर उनले पदभार भने ग्रहण गरेका थिएनन्।

‘नमिलेका कुराहरू मिलाएर अघि बढौँला भनेर मुख्यमन्त्रीले भन्नुभएको छ’, अहिरले नेपालभ्युजसँग भने, ‘त्यसैले पदभार ग्रहण गरेको हुँ। हिजै पदभार ग्रहण गर्ने कुरा थियो। तर मिलेन। आज गरेँ।’

उनले आफू जसपा विभाजित गर्ने अशोक राईको पक्षमा लाग्ने पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved