यूएईमा डुबानमा परी दाङकी लीला पाण्डे २२ दिनदेखि बेपत्ता

नेपालभ्युज

यूएईमा डुबानमा परी दाङकी लीला पाण्डे २२ दिनदेखि बेपत्ता

काठमाडौं । भिषण वर्षाका कारण डुबानमा परी यूएईमा एक नेपाली महिला २२ दिनदेखि सम्पर्कविहीन छिन् ।

बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१ भमकेकी लीला पाण्डे छिन् ।

भारी वर्षा भइरहेको बेलामा वैशाख ४ गते ड्युटीबाट राति कोठा फर्केने क्रममा ट्राफिक जाममा परेकी उनी बेपत्ता भएकी हुन् ।

दुबई प्रहरीले खोजतलासी गरे पनि अलिहेसम्म कुनै पत्तो लागेको छैन ।

उनी वैदेशिक रोजगारीका लागि विसं २०७८ माघमा यूएई गएकी थिइन् । उनी त्यहाँ एक विद्यालयमा काम गर्थिन् । पाण्डेका ४ जना छोरी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved