कोहलपुरमा गोली चल्यो, ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ

नेपालभ्युज

कोहलपुरमा गोली चल्यो, ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ
प्रतिकात्मक तस्वीर ।

काठमाडौं । बाँकेको कोहलपुरमा प्रहरीले गोली हानेर लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

कोहलपुरको चप्पलगौंडा भन्ने स्थानबाट प्रहरीले दुई जना कारोबारीलाई नियन्त्रणमा लिएको हो । काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो ।

कारोबारी भाग्न खोजेपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ । परियारलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड गोली चलेको बताइएको छ ।

ब्युरोबाट इन्सपेक्टर रुपेश विष्ट र सई बालकृष्ण सञ्जेलको टीम खटिएको थियो ।

परियारसहित अर्का एक कारोबारी पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको ब्युरोले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved