सम्बन्ध बिच्छेदको मुद्दा हाल्ने श्रीमतीलाई श्रीमानले अदालतमै कुटे

नेपालभ्युज

सम्बन्ध बिच्छेदको मुद्दा हाल्ने श्रीमतीलाई श्रीमानले अदालतमै कुटे

गुल्मी । गुल्मीमा सम्बन्ध बिच्छेद गर्न गएकी श्रीमतीलाई श्रीमानले निर्घात कुटेका छन् ।

सोमबार दिउँसो गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका–०३ का हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवा श्रेष्ठलाई निर्घात कुटपिट गरेका हुन् ।

दुवै जना सम्बन्ध विच्छेदको मुद्दाको पेशीको लागि जिल्ला अदालत आएका थिए ।

न्यायाधीशले आज आदेश वा फैसला गर्ने कार्यतालिका थियो । तर, न्यायाधिशकहाँ जान नपाउँदै सिँढीमा श्रीमतीलाई निर्घात कुटपिट गरेको अदालतका सूचना अधिकारी कमल पन्थीले बताए ।

कुटपिटबाट गम्भीर घाइते भएकी मनसुवालाई उपचारका  लागि अस्पताल भर्ना गरिएको छ । श्रीमती पिट्ने श्रीमान् दीपक प्रहरीको नियन्त्रणमा छन् ।

उनीहरुबीच ६ वर्ष पहिले विवाह भएको थियो । सम्बन्ध बिग्रिएपछि मनसुवा एक वर्षदेखि माइतीमै बस्दै आएकी थिइन् । उनीहरूको गत फागुन १३ गते अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved