जीबी राई अध्यक्ष रहेको स्वर्णलक्ष्मी सहकारीका पीडितले दिए प्रहरीमा उजुरी

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पीडितले आफ्नो १ अर्ब रुपैयाँ बराबर बचत फिर्ताको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् ।

नेपालभ्युज

जीबी राई अध्यक्ष रहेको स्वर्णलक्ष्मी सहकारीका पीडितले दिए प्रहरीमा उजुरी

काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पीडितले आफ्नो १ अर्ब रुपैयाँ बराबर बचत फिर्ताको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् ।

आइतबार प्रहरी वृत्त कालिमाटीमा ५ सय २८ जना पीडितहरूले झन्डै १ अर्ब रुपैयाँ बराबर बचत फिर्ताको माग गर्दै उजुरी दिएका हुन् ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी पीडित संर्घष समितिका अध्यक्ष सुमन खनालले अरु पीडितहरुलाई पनि खबर गरेका बताए ।

ग्यालेक्सी टेलिभिजनका अध्यक्ष रहेका जीबी राईको समूहले काठमाडौंमा सञ्चालन गरेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट मात्र १३ हजार बचतकर्ताको पौने ३ अर्ब रुपैयाँभन्दा बढी हिनामिना भएको छ ।

स्वर्णलक्ष्मीमा मात्र कुल बचतकर्ता करिब १३ हजार रहेको छ । सहकारीका व्यवस्थापकले दिएको जानकारी अनुसार करिब २ अर्ब ७४ करोड रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ ।

बचत फिर्ता हुने नदेखिएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका हुन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको मुख्य कार्यालय कालीमाटीमा रहेपनि महाराजगन्ज, न्युरोडलगायत स्थानमा शाखा सञ्चालनमा थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved