राजनीतिक विरासत बोकेको परिवारमा जन्मिएकी स्मिता, जसले बनाइन् सङ्गीतमा आफ्नो छुट्टै परिचय
झन्डै सय जति गीतमा स्वर दिइसकेकी स्मिताले विभिन्न मुलुकमा आफ्नो गीत प्रस्तुत गरिसकेकी छन् । कर्मभन्दा पर केही नसोच्ने उनी कहिल्यै सम्मान पुरस्कारको पछि लागिनन् । तै पनि विभिन्न अवार्ड हात पारिरहेकी छिन् । कुशल सङ्गीतको सुरले देश विदेशका श्रोता दर्शकको मन जितिरहेकी छिन् । यसरी नेपाली साङ्गीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएकी स्मितालाई सर्वत्र ‘फलानोको नातिनीले गाएको’ भन्दै प्रचार गरिन्छ । उनको गुनासो त्यहीँ छ, जबकि अब उनको छुट्टै परिचय बनिसकेको छ ।
गीतका भाका केही वर्षअघि तन्नेरी पुस्तामाझ लोकप्रियताको चरमचुलीमा थियो । आज पनि यो गीत सुनेर आनन्द लिने दर्शकश्रोताको सङ्ख्या कम छैन ।
२०७६ सालमा सार्वजनिक सो गीत युट्युबमा मात्रै अहिलेसम्म ३१ मिलियन (तीन करोड १० लाख) पटक हेरिएको छ, फेसबुक टिकटकलगायतका प्लेटर्फमको त कुरै छाडौँ ।
यद्यपि यी शब्दमा सुरिलो आवाज सजाउने गायिकाको नाम सबै दर्शक श्रोतालाई कण्ठस्थ नहुन सक्छ । उनी हुन्, नेपाली गीत–सङ्गीत क्षेत्रमा आफ्नो स्थान बनाइसकेकी गायिका स्मिता दाहाल ।
उनले स्वर दिएको यो गीत मात्र होइन धेरै गीतहरू लोकप्रिय बनेका छन् । उनी पछिल्लोसमय तन्नेरी पुस्तामाझ निकै लोकप्रिय बनेकी छन् ।
कुनैबेला एकल गीत लिएर राष्ट्रिय सभा गृहको प्रेक्ष्यलयमा उक्लँदा उनी जम्माजम्मी ११ बर्षकी फुच्ची थिइन् । अहिले उनी २५ लागेकी छिन् । उनी त्यो बेलादेखि आजसम्म अविछिन्न सङ्गीत–साधनामा छिन् ।
यो अवधिमा आफूभित्रको गायन रुचिलाई माझेर कला क्षेत्रमा टल्काउने जमर्को गरेकी उनले अहिलेसम्म दर्जानौँ गीत गाइसकेकी छिन् । एक दशकभन्दा लामो समयमा स्मिताले बनाएको साङ्गीतिक उचाइ भने निकै लोभलाग्दो छ ।
सुरुआती समयमा गायन क्षेत्रमा रमाइला क्षणहरू थपिँदै गए, ‘पानी कुवाको’, ‘कानैमा ढुंग्री’, ‘भुर्रभुर्र’, ‘दाल, भात, तरकारी’ बोलको गीतको बजारमा ल्याइन् । आफ्नै नाम ‘स्मिता’ राखेर केही एल्बम समेत निकालिन् । सयजति गीत रेकर्ड गराइसकिन् । खासमा भन्नुपर्दा उनी नेपाली साङ्गीतिक क्षेत्रमा सफल गायिकाको पर्याय बन्दैछिन् ।
झन्डै सय जति गीत रेकर्ड गराइसकेकी स्मितालाई आजको दिनसम्म चिनाउन कुनै विशेषण दिनुपर्दैन, काफी छ, ‘गायिका स्मिता दाहाल ।’ तर उनलाई त्यही विशेषण झुन्ड्याइन्छ, ‘प्रचण्डकीको नातिनी’ ।
‘हजुरबासँग आफ्नो नाम जोडिएर आउँदा गर्वा महसुस गर्ने उनी तर, आफ्नै नाममा चिनिन चाहन्छिन् । उनी प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गङ्गा दाहाल छोरी हुन् । त्यसो त उनकी आमा गङ्गाको परिचय पनि प्रचण्ड पुत्री मै मात्र सीमित छैन ।
उनी सिङ्गो परिवारसँगै जनयुद्ध लडेर आएकी हुन् । पार्टीमा पनि उनको छुट्टै परिचय छ । उनै गङ्गाकी छोरी स्मिताले पनि आफ्नै परिचय बनाइसकेकी छिन् । उनको व्यावसायिक चिनारी भनेको, गायिका हो ।
बाल गीत हुँदै माया प्रेम र समाजका विविध पाटो समेटिएकासम्मका गीत स्मिताले गाएकी छिन्, त्यो पनि दर्जनौँ । स्टेजमा एकल संगीतिक प्रस्तुत दिइसकेकी छिन् ।
साङ्गीतिक कार्यक्रममा प्रस्तुति त कति हो कति । शास्त्रीय सङ्गीत सिकेकी उनले ‘स्मिता’, ‘स्मिता–२’, ‘रागिनी’लगायतका एल्बम निकालेकी छिन् । कैयौँ फुटकर गीत निकालेकी उनले अरू धेरै सर्जकका गीतमा स्वर दिएकी छिन् ।
उनले विभिन्न मुलुकमा आफ्नो गीत प्रस्तुत गरिसकेकी छन् । कर्मभन्दा पर केही नसोच्ने उनी कहिल्यै सम्मान पुरस्कारको पछि लागिनन् । तै पनि विभिन्न अवार्ड हात पारिरहेकी छिन् । कुशल सङ्गीतको सुरले देश विदेशका श्रोताको मन जितिरहेकी छिन् ।
यसरी नेपाली साङ्गीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएकी स्मितालाई सर्वत्र ‘फलानोको नातिनीले गाएको’ भन्दै प्रचार गरिन्छ । उनको गुनासो त्यहीँ छ, जबकि अब उनको छुट्टै परिचय बनिसकेको छ ।
पढाइमा समेत अब्बल स्मिताले स्नातकोत्तर अध्ययन पूरा गरेकी छन् । लन्डनको विश्वविद्यालयबाट इन्टरनेसनल मार्केटिङ म्यानेजमेन्टमा उनले दुई सालअघि उच्च अंकका साथ मास्टर्स पास गरेकी हुन् ।
महोत्सवमा आफ्नो प्रस्तुति दिँदै गायिका स्मिता दाहाल
नयाँ वर्षमा नयाँ गीत
अहिले उनी पूर्णत गायन क्षेत्रमै क्रियाशील स्मिताले अहिले नयाँ वर्ष २०८१ को अवसर पारेर भारतीय गायक दिव्य कुमारसँग नयाँ गीत ‘लुकाउने ठावैँ छैन जाली रुमाल’ ल्याएकी छिन् ।
गीतमा सरोज ओलीको शब्द, दीपक शर्माको सङ्गीत र रिकेश गुरुङको एरेन्ज रहेको छ । गम्भीर विष्टको निर्देशनमा तयार भएको भिडियोमा प्रियंका कार्की, आयुष्मान् देशराज जोशी र सरोज ओलीले अभिनय गरेका छन् ।
नवराज उप्रेतीले खिचेको भिडिओलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । रेनिश फागोले कलर गरेको भिडियो आर टि इन्टरटेन्मेन्ट युट्युब मार्फत अपलोड गरिएको छ ।
स्मिता दाहालको नयाँ गीत ‘लुकाउने ठावैँ छैन जाली रुमाल’को थमलेन
स्मिताका चलेका केही गीत
अध्ययनमा व्यस्त रहेकी स्मिताले एक वर्षअघि गत जेठमा ‘आँखामा गाजल’ बोलको गीत ल्याएकी थिइन् । त्यसअघि उनको ‘हो हो नि माया हो’ गीत चर्चित भएको थियो ।
स्मिताले हिन्दी गीतमा पनि आफ्नो स्थान बनाउने पाइला सुरु गरेकी छिन् । स्मिताको स्वरमा रहेको हिन्दी गीत ‘इबादत बन गए हो’ २ वर्षअघि सार्वजनिक भइसकेको छ । त्यो गीतमा उनलाई शबाब साबरीले गायनमा साथ दिएका छन् ।
२०७७ मा उनको गीत मालिङ्गो सार्वजनिक भएको थियो । गीतको म्युजिक भिडिओमा स्मिता महानायक राजेश हमालको जोडीका रूपमा देखिएकी छिन् ।
२०७६ मा स्मिता र टंक बुढाथोकीको स्वर रहेको ‘चिटिक्कै परि बस’ र ‘जालैमा पर्छु’, ‘आमाले मलाई दिएको’ बोलको गीत सार्वजनिक भएको थियो । त्यसअघि स्मिताको ‘मायालु तिमी कता छौ’ गीत सार्वजनिक भएको थियो ।
त्यसअघि गायिका स्मिताका ‘पानी कुवाको’, ‘कानैमा ढुंग्री’, ‘भुर्रभुर्र’, ‘दाल, भात, तरकारी’ बोलको गीतको बजारमा आइसकेका थिए ।
सानै उमेरमा नेपाली सङ्गीतमा प्रवेश गरेकी स्मिताका यसअघिका यी धेरै गीतले स्रोता–दर्शकको मन जितेका छन् ।
विगतका गीतलाई अत्यधिक रुचाइएकाले शनिबार (१ वैशाखमा) रिलिज भएको गीत ‘लुकाउने ठावैँ छैन जाली रुमाल’लाई पनि स्रोता–दर्शकले मन पराउनेमा गायिका स्मिता आशावादी छिन् ।
Facebook Comment
Comment