एक्लो छोरा लोकेन्द्र, जो श्रीमती, लालाबाला र परिवार बिर्सिएर लहडमा कर्णालीमा फालहाले ! (भिडिओ)

लोकेन्द्र चिसापानी बजारमा तरकारी पसल चलाउँदै आएका थिए । उनकी श्रीमती छन् । चार वर्षका छोरा र डेढ वर्षकी छोरी छन् । आफूमै आश्रित आमाबुवा, श्रीमती र छोराछोरी भुलेर लोकेन्द्र साथीको लहडमा देखासिकी गर्दै कर्णाली पुलबाट फाल हाले । तर, किनारामा तैरिन र घर फर्कन सकेनन् ।

नेपालभ्युज

एक्लो छोरा लोकेन्द्र, जो श्रीमती, लालाबाला र परिवार बिर्सिएर लहडमा कर्णालीमा फालहाले ! (भिडिओ)

काठमाडौं । १२ चैत सोमबार तराईका जिल्लामा होलीको रौनक थियो । बजार र बस्ती होलीमा रंगिरहेको थियो । कर्णाली किनारमा अवस्थित कैलालीको चिसापानी बजार पनि होलीको माहौलमा झुमेको थियो ।

विभिन्न ठाउँबाट घुम्न आउने, स्थानीय र फोटो खिच्नेको चहलपहल पहिल्यै थियो । साँझ ४ बजेतिर एक हुल युवा चिसापानीस्थित कर्णाली पुलमा गए । युवाको समूहलाई प्रहरीले पनि रोक्दै थियो, टेरेनन् ।

पहिल्यै पुलमा कोही फोटो खिच्दै थिए, कोही भिडियो बनाउँदै थिए । चिसापानी बजारबाट गएका उनीहरु करिब ३० जनाको संख्यामा थिए । युवाको हुल पुलको बीचमा पुग्यो । युवाहरू कमिज फुकालेर अर्धनग्न बने ।

कुनै फिल्मको दृश्य जस्तै एकजना तल नदीमा फाल हाले । लगतै अर्को पनि फाल हाले । एकपछि अर्को पालैपालो नदीमा हाम फालि रहे । यो क्रम १७ पटक भयो, अर्थात् १७ जना युवा एकपछि अर्को गर्दै नदीमा फाल हाने । कसैले लुगा खोलेकै अवस्थामा हाम फाले भने कसैले लुगासँगै हाम फाले ।

पुलबाट नदीमा हाम फालेको दृश्य पुल हेर्न पुगेकामध्ये कतिपयले खिच्न भ्याए । भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

हाम फालेका १७ मध्ये १६ जना नदीको पश्चिम किनारमा पुग्न सफल भए । केहीलाई डुंगाबाट उद्दार गरियो भने बाँकी आफै पौडिएर निस्किए । तर १६ औँ नम्बरमा हाम फालेका ३२ वर्षीय युवा लोकेन्द्र शाही भने बाहिर निस्केनन् । उनी हेर्दाहेर्दै नदीमा बेपत्ता भए ।

बाहिर आउन सक्लान् कि भनेर कुर्दाकुर्दै आउन सकेनन् । डुबेको देख्नेले कोलाहल मच्चाए । एक छिनमा उद्दार टोली आइपुग्यो । तैपनि भेटिएन ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार ‘अन्तिममा भन्दा पहिले हाम फालेका लोकेन्द्र शाहीको एक पटक मात्र टाउको देखियो, अनि डुबिहाले’।
नदीमा हाम फालेका दृश्य सञ्जालमा भाइरल छ । भिडिओले धेरैको मन चसक्क बनाएको छ ।

पुलबाट फालहाल्दै लोकेन्द्र शाही

लोकेन्द्रले पनि फाल हालेको दृश्य प्रस्ट देखिन्छ । पुलबाट र तल पानीका सतहबीचको दुरी धेरै तल छ । पानीबाट धेरै माथिबाट फाल हालेकोले नदीसम्म पुग्दा लोकेन्द्रको शरीरको सन्तुलन बिग्रेको भिडिओमै देखिन्छ । लोकेन्द्रको अवस्था बुधबार दिउँसोसम्म अज्ञात छ ।

‘भेडाको बथान’जस्तै कर्णाली नदीमा किन फालहाले युवा रु एकजना अझै भेटिएनन् (भिडियोसहित)

दैलेख जिल्लाको आठबिसकोट नगरपालिका तोलिपाटा पुर्ख्यौली घर रहेको उनी कैलाली चिसापानी बस्दै आएका थिए ।

उनी चिसापानी बजारमा तरकारी पसल चलाउँदै आएका थिए । उनकी श्रीमती छन् । चार वर्षको एक छोरा र डेढ वर्षकी एक छोरी छन् । उनी बेपत्ता भएदेखि उनकी श्रीमती अचेत छिन् ।

आफूमै आश्रित आमाबुवा, श्रीमती र छोराछोरी भुलेर लोकेन्द्र साथीको लहडमा देखासिकी गर्दै कर्णाली पुलबाट फाल हालेका थिए । तर, किनारामा तैरिन र घर फर्कन सकेनन् ।

०००

चिसापानी पुलमा जानुअघि लोकेन्द्र परिवारसँगै थिए । श्रीमती र छोराछोरीसँग होली मनाइरहेका थिए । केही साथीहरू घरमै आएर बोलाएर लगे ।

श्रीमती र छोराछोरीको साथमा लोकेन्द्र शाही

लोकेन्द्रले घरपरिवारलाई छोडेर साथीहरूको समूहमा मिसिए । टोली एक होटलमा गएर रमाइलो गर्न थाल्यो । ठुलो आवाजमा बजिरहेको गीतमा नाचे । कतिपयले मदिरा सेवन गरे ।

साथीहरूका अनुसार शाहीले भने मदिरा सेवन गरेनन् । पछि होहल्ला बढी भयो भनेपछि गीत बजाउनेले बन्द गरिदियो । गीत बन्द भएपछि त्यो समूह पुलमा गएको हो ।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगी भन्छन्, ‘‘रमाइलोका लागि लहलहैमा युवाहरूले हाम फालेका रहेछन् । ड्युटीमा रहेको प्रहरीले रोक्न खोज्दा फोटो खिचेर फर्कन भनेका रहेछन् ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved