नेपालले वेस्ट इन्डिज ‘ए’लाई हरायो, रोहितको शतक

नेपालभ्युज

नेपालले वेस्ट इन्डिज ‘ए’लाई हरायो, रोहितको शतक

काठमाडौं। टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको हो।

२०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले शतकीय पारी खेले। रोहितले ५४ बलमा ११२ रनमा आउट भए। उनले ४७ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै शतक पूरा गरे।

दीपेन्द्र सिंह ऐरीले २४, कुशल भूर्तेल र कुशल मल्लले १६–१६, विवेक यादवले ७ र अनिल साहले ५ रन बनाए। साथै, गुल्शन झाले ९ र प्रतिश जीसीले ५ रन जोडे ।

वेस्ट इन्डिजका म्याथ्यु फोर्ड र ओबेद म्याककोइडले २/२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ‘ए’ ले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा २०४ रन बनाएको थियो ।

वेस्ट इन्डिज ‘ए’ का लागि कप्तान रोस्टन चेसले र एलिक एथेनाजेले ४७ रन बनाए।

नेपालका लागि कमल सिंह ऐरी, अविनाश बोहरा, र रोहित कुमार पौडेलले १–१ विकेट लिए।

सिरिजको दोस्रो खेल आइतबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved