काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजन गरेर जनता समाजवादी पार्टीको नेतृत्व गरेका अशोक राईले आफूहरूले कसैसँग लेनदेनको आधारमा पार्टी विभाजन नगरेको प्रष्टीकरण दिएका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा राईले पार्टी विभाजनको कारण सैद्धान्तिक, राजनीतिक, नीतिगत, शैलीगत कुराहरूमा विमति र विभिन्नता भएको बताए।
बुधबार मात्रै पत्रकार सम्मेलनमा उपेन्द्र यादवले विभाजनकर्ताहरूलाई विभिन्न लाभको लोभ देखाइएको बताएका थिए ।
यादवले आफूले नेताहरूलाई दिन सक्ने जस्तो पद दिलाएको पनि दाबी गरेका थिए । उनले मन्त्री र सांसद बनाएको र त्यसभन्दा माथि आफूले बनाउन नसक्ने बताएका थिए । राईले त्यसको प्रतिवाद गरेका छन् ।
‘मलाई अथवा हामी कोही पनि सांसदहरूलाई कुनै व्यक्तिले बनाएको होइन । कसैलाई जनताले विश्वास दिएर बनाएको हो । जिम्मेवारी सुम्पिएको हो । कसैलाई जनताले पार्टीलाई दिएको विश्वासको आधारमा पार्टीले नियमसम्मत र कानुनसम्मत ढंगले सांसदको जिम्मेवारी दिएको हो । त्यसैले यसमा अन्यथा लिनुपर्ने, सोच्नुपर्ने वा प्रचार गर्नु विल्कुल अराजनीतिक, निरीह र कमजोर प्रयत्न हो । कसैले त्यस्तो प्रचार गरेको छ भने यहाँहरूले त्यस्तो प्रचारलाई खारेज गरिदिनुहोला’, उनले भने।
Facebook Comment
Comment