अमेरिका जानुअघि उपेन्द्र यादवले हस्ताक्षर गरेको परिपत्रले विस्फोटक स्थिति बनायो : अशोक राई

नेपालभ्युज

अमेरिका जानुअघि उपेन्द्र यादवले हस्ताक्षर गरेको परिपत्रले विस्फोटक स्थिति बनायो : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजन गरेर जनता समाजवादी पार्टीको नेतृत्व गरेका अशोक राईले उपेन्द्र यादव अमेरिका जानुअघि जारी गरेको एउटा परिपत्रले पार्टी विभाजनका लागि विस्फोटक स्थिति बनाएको बताएका छन्।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘, उहाँ अमेरिका उड्नभन्दा अगाडि एउटा परिपत्र उहाँले जारी गर्नुभएको छ। त्यो परिपत्रले विस्फोटक स्थिति बनायो ।’

राईका अनुसार, उपेन्द्र यादव अमेरिका प्रस्थानका लागि ६ बजे एयरपोर्ट पुगिसक्नुपर्ने भए पनि ३ बजे बैठक बसेको थियो । सोही बैठकको निर्णयपछि यादवले परिपत्रमा हस्ताक्षर गरेर हिँडेका थिए ।

१८ जनाको केन्द्रीय कार्यकारिणीमा त्यस बैठकमा ८ जना मात्रै उपस्थिति भएको राईको भनाइ छ । ‘१० जना अनुपस्थित थिए । तर त्यसैले निर्णय गरेर उहाँले परिपत्र ठोकेर हिँडिदिनुभयो । अनि यहाँहरूले जिज्ञासा राख्नुहुन्छ, अध्यक्ष अमेरिका गएको बेलामा किन खुसुक्क गर्नुभयो? उहाँले वातावरण बनाइदिएर जानुभयो’, उनले भने, ‘त्यही वातावरणको कारणले त्यो संयोग पर्न गएको हो ।’

उनले त्यो परिपत्र आएपछि देशैभर प्रतिक्रिया जन्मिएको राईको भनाइ छ ।

यादवले अन्य नेताहरू नभए पनि हुन्छ, जसपा आफूले चलाउने हो भन्ने खालको सन्देश प्रवाहित गरेको राईको भनाइ छ।

उनले यादवको कार्यशैलीमा पनि समस्या रहेको आरोप लगाए । ‘पारदर्शिता नहुने। नेताहरूका बीचमा छलफल र सरसल्लाह नहुने। यस्ता चिजहरू त छँदैथिए। यी चिजहरूले असन्तुष्टि बढ्दै गएका थिए। चुलिँदै गएका थिए’, उनले भने ।

यादवले महाधिवेशन नै अनियमित ढंगले कब्जा गरेर आफ्नो मुठीभित्र पार्टी राख्ने प्रयत्न गरेको पनि उनले आरोप लगाए । औपचारिक बैठक बोलाउँदा अजेन्डा नहुने तर डायरीबाट अजेन्डा र निर्णय निस्किने गरेको आरोप पनि राईको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved