राजस्थान रोयल्सका कप्तान सामसनलाई जरिवाना

नेपालभ्युज

राजस्थान रोयल्सका कप्तान सामसनलाई जरिवाना

काठमाडौं । आईपीएल टीम राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनलाई जरिवाना लगाइएको छ ।

मंगलबार अरूण जेटली स्टेडियममा दिल्ली क्यापिटल्सविरूद्धको खेलमा आचारसंहिता उल्लङ्घन गरेको भन्दै सामसनलाई खेल शुल्कको ३० प्रतिशत जरिवाना गरिएको हो ।

उनले अम्पायरको निर्णयमा असहमति जनाएपछि जरिवाना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सामसनले जरिवाना पनि स्वीकार गरिसकेका छन् ।

मंगलबारको खेलमा दिल्लीका शाई होपले बाउन्ड्री लाइनमा क्याच लिएपछि सामसन आउट भए ।

१६औं ओभरको चौथो बलमा मुकेश कुमारले गुड लेन्थमा बल दिँदा सामसनले लङ अनतर्फ सट खेलेका थिए ।

होपले क्याच लिएका थिए । तर, उनको खुट्टा बाउन्ड्री नजिकै देखिन्थ्यो ।

तेस्रो अम्पायरले क्याचलाई क्लिन मानेर सामसनलाई आउट घोषित गरेका थिए । सोही विषयमा सामसनले असहमति जनाएका थिए ।

उक्त खेलमा राजस्थान दिल्लीसँग २० रनले पराजित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved